मकवानपुरको आर्थिक विकासकोद्वारको रुपमा रहेको चित्लाङ चन्द्रागिरि थानकोट सडक खण्ड स्तरीकरण एवम् कालो पत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान भएको छ ।
मकवानपुर–२ बाट निर्वाचित संघीय साँसद एवम् सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा चालु आर्थिक वर्षमा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्तौलाकै पहलमा १० करोड ६९ लाख बजेट वृद्धी गरी १५ करोडको ठेक्का आह्वान गरेको हो । यस ठेक्का मार्फत सडकलाई अहिले भईरहेको काममा थप नाली निर्माण तथा कालो पत्रेले निरन्तरता पाउनेछ ।
अघिल्ले आर्थिक वर्षमा पनि बर्तौलाकै पहलमा यस सडकले ७ करोड ९९ लाखको ठेक्का भई उक्त सडकमा काम भई रहेको छ । दुर्घटना ग्रस्त क्षेत्र सेतो पहरामा पनि तार जाली मार्फत क्र्यास ब्यारियर निर्माण भईसकेको छ ।
मुख्य सचेतक बर्तौलाको स्वकीय सचिव आशिष अस्लामीका अनुसार – “बर्तौलाले आफ्नो कार्यकालमा चित्लाङ चन्द्रगिरि थानकोट सडकलाई पूर्ण रुपमा स्तरीकरण गरी उत्तरी मकवानपुरको थाहानगरलाई समृद्ध बनाउन लागि पर्नु भएको छ । ’ अस्लामीले भने– “माननीय मुख्य सचेतकज्यू यो सडकलाई थाहानगरसम्म मात्रै नभएर कैलाश, राक्सिराङ हुँदै मनहरीसम्म बनाउन चाहनु भएको छ । उहाँले थाहादेखि मनहरी सडकलाई रुपचन्द्र विष्ट मार्गको नामबाट अध्ययन तथा चालु चआर्थिक वर्षमै १ करोड ६२ लाखबाट निर्माण थालनी गर्नु भएको छ ।’
मकवानपुरको थाहानगरलाई केन्द्रमा राखेर भीमफेदी र इन्द्रसरोबर सहित पर्यटन करिडोर बनाई एकिकृत पर्यटन विकास गरी ग्रामिण अर्थतन्त्र वृद्धी गर्न सांसद बर्तोलाले योजनावद्ध रुपमा काम गरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्