कञ्चनपुरको भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सडक निर्माण गरिरहेको छ । नगरलाई आधुनिक सहर बनाउने रणनीतिअनुसार निर्माण भइरहेको उक्त सडकको काम सम्झौता भएको डेढ वर्षमा २७ प्रतिशत मात्र सम्पन्न भएको हो ।

भीमदत्त नगरपालिकाका इन्जिनियर गोरखबहादुर सिंहले सडक निर्माणमा ढिलाइ भइरहेको बताए । सडक निर्माण जिम्मा पाएको कम्पनीले ढिलाइ गर्दा योजनाको भौतिक प्रगति कम देखिएको हो । योजना सम्झौताको म्याद सकिन अब ५ महिना मात्र बाँकी छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनले पनि निर्माण प्रभावित भएको इन्जिनियर चन्दले जानकारी दिए । तर पछिल्ला दिनमा भने निर्माणले गति लिएको नगरपालिकाले बताएको छ । सडक निर्माणका लागि जेडआईईसी–लामा जेभीसँग ठेक्का सम्झौता गरिएको छ ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्तमा ६ वटा सडक निर्माण भइरहेका छन् । भाँसी–रौटेला सडक, नापी कार्यालय हुँदै वन कार्यालय जोड्ने सडक, ट्राफिक चोक–अस्पताल, भगतपुर सडक, भानुचोकदेखि मदनचोक, एयरपोर्ट रोड, आँखा अस्पताल हुँदै पार्क जोड्ने सडक, निम्बुखेडा जाने सडक र आदर्श टोल सडक योजना रहेका छन् ।

पालिका प्रेस
थप जानकारी