थाहा नगरपालिकामा स्वागत ।

मकवानपुरको थाहा नगरपालिकामा रिक्त रहेको लेखा अधिकृत (अधिकृत सातौं) पदमा हरि बहादुर खपाङ्गी मगर आएका छन् । खपाङ्गी रामेछापको मन्थली नगरपालिकाबाट सरुवा भई थाहानगर आएका हुन् ।

उनलाई एक कार्यक्रमकाबीच १ फागुनमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा पालिकाका शाखा÷महाशाखा प्रमुखहरुको उपस्थिती रहेको थियो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत पुरीले कार्यालयको संक्षिप्त परिचय सहित सबै कर्मचारीहरुलाई सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन निर्देशन दिए ।

यस अघि थाहा नगरपालिकाका लेखा अधिकृत विष्णु भुसाल २०७८ सरुवा कात्तिकमा भएपश्चात दैनिक आर्थिक प्रशासनको कामकाज सहायक लेखापाल नमुना कौशिकले सम्हाल्दै आएकी थिइन् ।

मन्थली नगरपालिकामा विदाइ ।

पालिका प्रेस
थप जानकारी