
मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको गणेशमान मार्ग मार्ग चित्लाङ–थानकोट सडक तीन दिनका लागि बन्द गरिएको छ । सडक डिभिजन काठमाडौँले सडक कालोपत्रेका क्रममा २५ वैशाखदेखि तीन दिनका लागि बन्द गरेको हो ।
सडक डिभिजन काठमाडौँले थानकोट–चित्लाङ सडकको पानीघाटदेखि चन्द्रागिरी भन्ज्याङ्ग खण्डमा कालोपत्रे गर्न बिहीबारबाट शनिबारसम्म तीन दिनसम्म पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको जनाएको छ ।
सडक डिभिजन काठमाडौँले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलगायतका सरोकारवाला कार्यालयहरुलाई तीन दनको लागि उक्त सडक खण्डमा पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएकोले वैकल्पिक व्यवस्था गरिदिन भन्दै पत्राचार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्