जनयुद्धको क्रममा बेपत्ता पारिएका एक परिवालाई वडा कार्यालयले घर निर्माण गरिदिने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १४ ले जनयुद्धका क्रममा बेपत्ता पारिएको परिवारकी सितली मगरको घर निर्माण कार्य सुरु गरेको हो । जनयुद्ध दिवसको सन्दर्भमा घर निर्माणको शिलान्यास गरिएको हो ।
१० बर्से जनयुद्ध तथा बेपत्ता असहाय परिवारको आवास निर्माण कार्यक्रम अन्तर्गत ६० वर्षीया मगरलाई ७ लाखको लागतमा घर निर्माणको काम सुरु गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले बताए ।
द्वन्द्वपीडित परिवारलाई स्थानीय सरकारको अभिभावत्व ग्रहण गर्न भन्दै वडाले घर निर्माण गर्न थालेको उनले बताए । उनका श्रीमान् जीतबहादुर घर्ती २०५८ साल मंसिर २ गते सेनाले पक्राउ गरी बेपत्ता पारिएका थिए । २० वर्षयता उनकी श्रीमती सितली एक्लै किराना पसल गर्दै आएकी थिइन् ।

















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्