मकवानपुर, काभ्रेपलाञ्चोक जोड्ने सीमा रहेका बागमती खोलामा निर्माणाधीन पक्की पुलको म्याद थपिए पनि अझै अलपत्र अवस्थामा छ ।

काभ्रेको खानीखोला गाउँपालिका–५ र मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानस्थित् वाग्मती खोलामा निर्माणाधीन पुल समयमा निर्माण नसक्दा अलपत्र परेको हो । पुल समयमै पूरा नहुँदा स्थानीय सास्ती भोक्न बाध्य छन् । महाविररशिखर।तामाकोशी जेभीले २०७६ भदौ ३० मा निर्माण पूरा गर्ने गरी २०७४ असार ३० मा सम्झौता गरेको थियो । सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो । तर, थपिएको म्याद सकिँदा समेत १२।३५ प्रतिशत मात्र काम भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयमा थपिएको अवधिमा पनि काम नसकेपछि कम्पनीले म्याद पुनस् थप गर्न फाइल पेश गरेको थियो । तर, निर्देशनालयले हालसम्म कुनै निर्णय गरेको छैन । जसको कारणले हाल निर्माण कार्य ठप्प छ ।

पालिका प्रेस
थप जानकारी