हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ दोभानचौरमा राजदेवि दोभानचौरमा कच्ची सडकलाई पिच गर्ने काम आजबाट सुरु भएको छ । पक्की सडक निर्माण कार्यको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरे । कुल एक करोड ८९ लाख ९२ हजार रुपैयाँ लागतमा उपमहानगरपालिकाको लागनीमा सडकमा पीच गर्ने कामको काम सुरु भएको हो । आफु बालक हुँदै गर्दा देखि हिड्ने गरेको सडक आज आफैले पीच गर्ने कामको सुरुवात गर्न पाएकोमा मेयर महतले खुसी व्यक्त गरे ।

धरान चतरा भन्दा धेरै पुरानो सडक भएपनि राजदेवि सडक पक्की निर्माण गर्नमा कसैको पनि ध्यान गएको थिएन । तर, मेयरमा निर्वाचित भएदेखिनै यस सडक पीच गर्नमा वर्षेनी लगानी गरिदै आएको उहाँले बताउनुभयो । धेरै जनसख्या रहेको र पुरानो वस्ती राजदेविमा सडक निर्माण र अरु विकास निर्माणका लागि यसअघि देखिनै संघीय र प्रदेश सरकारले उपेक्षा गर्दै आएको तर, हेटौंडा उपमहानगरपालिकाले विकासमा सघाएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

हेटौंडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योग देखि हर्नामाडी सम्म पुग्ने यस राजदेविको मुल सडकको पीच गर्ने काम अब धेरै बाँकी छैन । मेयर महतको नेतृत्वमा उपमहानगरपालिकाले हरेक वर्ष यहाँको सडक निर्माण गर्नका लागि करोडौं रुपैयाँ लगानी गर्दै आएको छ । सडकको शिलान्यास कार्यक्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, मेयरका राजनीतिक सल्लाहकार नरहरी महत लगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी