मकवानपुरको राक्सिराङ गाउँपालिकाले कृषियन्त्र तथा सामाग्री वितरण गरेको छ । पालिकाले २७ चैतमा एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई सामाग्री वितरण गरेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका क्षेत्रमा रहेका ७ वटा कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा मिनटिलर वितरण गरेको कृषि विकास शाखाका किसन डुम्रे ले बताए । सो अवसरमा पालिका क्षेत्रका अगुवा कृषक तथा कृषि फार्मका लागि शत प्रतिशत अनुदानमा बेमौसमी तरकारी खेतीका लागि २६ वटा टनेल प्लाष्टिक र १६ थान प्लाष्टिक पोखरी, मकै चरी घाँसको विऊ वितरण गरिएको डुम्रेले पालिका प्रेसलाई जानकारी दिए ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सामाग्रीहरु किसानलाई हस्तान्तरण गरेका हुन् । सामाग्री पाएपछि किसानहरुले खुशी व्यक्त गरेका थिए । कृषियन्त्र तथा सामाग्री वितरण कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, सामाजिक विकास शाखाकी पुजा अर्याल, योजना शाखाका चुन नारायण श्रेष्ठलगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी