हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ र ८ मा पर्ने कर्रा करिडोर निर्माणका लागि काम भइरहेको छ । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले एक करोड ५० लाख रुपैयाँ लागतमा काम भइरहेको हो ।

हेटौंडाका दुबै वडाका कर्रा खोलाको किनारबाट करिडोर निर्माण गर्न लागिएको मेयर हरि बहादुर महतले बताए । हेटौंडाको कर्रालाई पहिले भइरहेको अवस्थाबाट पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्दै घुम्न, हिड्न र साइकलिङ ट्रयाकका रुपमा निर्माण गर्न लागिएको उनले बताए । चालु आर्थिक वर्षको बजेट किताबमै डेढ करोडको बजेट राखेर यसलाई हेटौंडा–४ र ८ नम्बर वडा दुबै तर्फबाट कर्रा करिडोरको निर्माणको काम भइरहेको मेयर महतले जानकारी दिए । बितेको आर्थिक वर्षमा पनि दुबै तर्फ गरेर एक करोड रुपैयाँ लागतमा खोलाको किनारमा वाल निर्माणको काम भएको थियो । धमिलो कर्रा खोलालाई सुन्दर बनाउँदै वाकिङ् ट्रयाक, साइकलिङ ट्रयाक, फूलै फूल रोपेर झकिझाउ निर्माण गरिने उनले बताए ।

हेटौंडाको कर्रा पुल मुनीबाट सुरु गरिएको काम कर्रा खोलाको सिरान सम्म काम गर्नेगरी तयारी गरिएको छ । बहुवर्षे योजना अनुसार काम गरिदै लगिने छ । चालु आर्थिक वर्षमा गरिने कर्रा करिडोरको मेयर महतले शिलान्यास गरे । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।