मकवानपुर थाहा नगरपालिकाको चल्ती दोभानमा मोटरेबल पुल निर्माण हुने भएको छ ।

थाहा नगरपालिकाको वडा नम्बर ७ चल्ती दोभानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली) ले पुल निर्माण गरिदिने भएको हो । पुल निर्माणको लागि डोलीले २३ चैत्रमै टेण्डर प्रकाशन गरिसकेको छ ।

थाहा नगरपालिकाले पालिका अन्तर्गतको उक्त खोलामा मोटरेबल पुल अभावमा नागरिकले समस्या झेल्दै आएपछि थाहानगरले राष्ट्रिय योजना आयोगमा निर्माणको लागि अनुरोध गरेको थियो । स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार कार्यक्रम अन्तर्गत पुल निर्माण हुन लागेको हो ।

पुल निर्माणपश्चात् स्थानीयहरुलाई सहज हुने थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले बताए । पुलले मकवानपुरको थाहानगरका साथै धादिङबासीलाई समेत सहज हुने विष्टको भनाइ छ ।

पढ्नुहोस टेण्डर सूचना !

 

पालिका प्रेस
थप जानकारी