ढोरपाटन नगरपालिकामा २९ जना करारका कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा छानीछानी बर्खास्त गरिएको विरुद्धमा पाँच दलीय गठवन्धनबाट निर्वाचित जनप्रतिनिधिले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै ध्यानार्षकण गराएका छन् ।

सोमबार गठबन्धनबाट निर्वाचित २७ जना जनप्रतिनिधिले छलफल गरि राजनैतिक प्रतिशोधको आधारमा हटाइका कर्मचारीलाई पुर्नवहाली गर्नु पर्ने वा सबै करारमा रहेका कर्मचारी हटाएर नयाँ विधी प्रक्रिया बमोजिम राख्नु पर्ने भन्दै गठबन्धनबाट निर्वाचित जनप्रतिनीधिले सामुहिक रुपमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले आफ्नो निर्णयको सुनुवाइ नहुँदासम्म नगर कार्यसमितिको

बैठकमा सहभागी नहुने चेतावनी समेत दिएका छन् । नगरपालिकाद्वारा करारमा राखिएका स्वास्थ्यकर्मी, नगर प्रहरी लगाएत २९ जनालाई नगरपालिकाले गत ३ दिन पहिले एकै पटक बर्खास्त गरेको थियो । ढोरपाटन नगरपालिका निर्वाचित उपमेयर धनबहादुर कायत कल्याण, वडा नम्बर १ का अध्यक्ष बान बहादुर छन्त्याल,

२ का अध्यक्ष भेग बहादुर खत्री, वडा नम्बर ७ का अध्यक्ष धन बहादुर अदै, वडा नम्बर ८ का अध्यक्ष भद्रमणी सुनार लगाएत वडा सदस्य गरी २७ जनाले सामुहिक निर्णय सहित ज्ञापन पत्र बुझाएका छन् ।

पालिका प्रेस
थप जानकारी