हेटौंडा वडा नम्बर ७ को कार्यालयले आफ्नो सेवा नयाँ कार्यालयबाट प्रदान गरेको छ। १२ फागुनमा नव निर्मित वडा कार्यालयको भवनको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरेकी हुन।

५१ लाख ६७ हजार लागत भएको उक्त भवन श्री सर्वेश्वर निर्माण प्रा लिले निर्माण गरेको हो। २०७२ सालको भुकम्प परेर तत्कालीन वडा कार्यालय भत्किएपछि हेटौंडा उपमहानगरपालिकाको लगानीमा करिब १६ महिना लगाएर निर्माण भएको ५ कोठे पक्की नयँ भवन निर्माण सुरु गरिएको थियो।भवनको उद्घाटन गर्दै नगर प्रमुख लामाले जनतालाई सेवा दिनका लागि बनेको नयाँ भवन बाट चुस्त दुरुस्त काम गर्न सुझाब दिइन् । जनताले दिएको मतबाटै वडा र नगरको नेर्तत्वमा पुगेको महशुष गर्दै शासन होइन सेवकको रुपमा काम गर्न आवश्यक रहेको बताइन् । अहिले उपमहानगरका सबै जनप्रतिनिधी सेवकको रुपमा काममा लागेको बताइन्।

भवनको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथी उपमहानगरमा उपप्रमुख राजेश बानियाँले राम्रो भवन भन्दा पनि जनताको काम प्रति जिम्मेवार बन्न आवश्यक रहेको बताए । हेटौंडा उपमहानगरपालिका ७ का अध्यक्ष दामोदर गौतमको अध्यक्षतामा भएको वडाकार्यालय उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत शिबराज चौंलागाई, हेटौंडा ३ का अध्यक्ष ढलकबहादुर थापा, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, ८ का अध्यक्ष रामकृष्ण थापा, १३ का अध्यक्ष पेम्बा लामा लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी