हेटौंडा उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर दर्ता रहेका ६ सहकारी सम्पर्क बिहिन रहेका छन् । तत्कालिन जिल्ला सहकारीमा दर्ता रहेका सहकारी मध्य उपमहानगरलाई कार्यक्षेत्र बनाएका ६ वटा सहकारी अहिले सम्म उपमहानगरको सम्पर्कमा नआएसँगै बेपत्ताको सुचिमा राखिएको हो ।

उपमहानगरपालिका लाई कार्यक्षेत्र बनाएर काम थालेका २२५ मध्य २१९ वटा मात्र नियमित क्रियाकलाप गरिरहेको बताइएको छ । २०७४ बाट स्थानिय तहको जिम्मेवारीमा आएसँगै सहकारीमा भएको बेइमानि नियन्त्रणको काम भएको छ । यहाँ भएका घेरै सहकारीका संचालकले जनताबाट संकलन भएको पैसा आफु पाएका काममा प्रयोग गर्दा डुबेको अर्वौ रुपियाँ उपमहानगरले फिर्ता गरेको उद्योग, पर्यटन, रोजगार तथा सहकारी प्रवर्धन शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए । उनले भने ‘जनताको पैसा उठाउँनका लागि हामिले घेरै मेहनत गरेका छौं, लामो समयदेखि सहकारी धरासाई पारेका सञ्चालकबाट जिन्सी र नगद दुबै लिएर भएपनि हराएको पैसा उठायौं ।’

अहिले नगरमा दर्ता भएका सहकारी मध्य ६ वटा बाहेक अरु नियमित काममा रहेका छन् । उनिहरुले गरेका कामको बिवरण र नियमित सहकारीको साधारण सभा सहित सम्पर्कमा आएका सहकारीको अनुगमन र पारदर्शिता हेर्ने कार्य चलिरहेको शाखा प्रमुख पौडेलले बताए । उनले पछिल्लो समयमा बिवादमा रहेको हेटौंडा–४ पारीजात पथको शिब शिखर सहकारी हेटौंडामा सञ्चालनमा रहेको बारे कुनै जानकारी नभएको बताए । काठमाण्डौंमा दर्ता भएर शाखा बिस्तार गरेपनि उक्त सहकारीको बिबरण उपमहानगरमा नआएका कारण केही गर्न नसकिने उनले जानकारी दिए ।

उपमहानगरको जिम्मेवारीमा आएका ६ वटा सहकारीले अहिले (कोपोमिस) आर्थिक कारोवारमा पर्ने लगानी, बचत, पदाधिकारी, शेयर सहितको बिबरण सम्बन्धित सस्थामा नबुझाए सम्म सहकरीको मान्यता दिन अयोग्य रहने शाखा प्रमुख पौडेलले बताए । २०७४ मा सहकारी उपमहानगरपालिका मातहत आएपनि दरवन्दी नआउदा काम गर्न समस्या भएको उपमहानगरले जानएको छ । चार बर्षअघि स्थानिय तहको जिम्मेवारीमा आएपनि २०७८ वाट उपमहानगरले शाखा छुट्याएरै सहकारीको काम थालेको थियो । काम थालेसँगै उपमहानगरपालिका क्षेत्रलाई आधार बनाएर काम थालेका सहकारीलाई उपमहानगर मातहत ल्याएको थियो ।

नियमित नियम्बन र अनुगमनका काममा समस्या रहँदा सहकारीको कामको अवस्था र सस्थाको खोजीमै समस्या भएको कार्यालयले जनाएको छ । दर्ता रहेका मध्य केहीले कार्यालय राखेर खुल्ला रुपमा काम गरीरहेका छन्, उनिहरुको नियमित क्रियाकलाप जानकारीमा रहेपनि केही झोला मै रहेर पनि काम गरीरहेको अवस्था रहेको छ । बजारमा नियमित आर्थिक कारोवार रहेपनि प्रष्ट देखिने कार्यालय नभएका कारण उनिहरुको सहकारीको परिभाषा भित्र नछिरेका कारण जनताको बचत र शेयर लगानीमा समस्या रहने अवस्था पनि रहेको शाखा प्रमुख पौडेलले बताए ।

सहकारीको मापदण्ड पुरा नगरेकाबाट भएका ऋण लगानीको कारण सेवाग्राहिको सम्पती जोखिमा रहेको बताइएको छ । आफन्तमा गरेको लगानी फसेपछि व्यवस्थापकहरु परिवर्तन हुने र भाग्ने काम भैरहेको शाखाको अनुगमन र अध्यनले देखाएको पौडेलले जानकारी दिए । अहिले आफुले जम्मा गरेको पैसा नपाएको, कारोवार व्यवस्थित नभएको भन्दै उपमहानगरमा आएका उजुरी माथि कारवाही थालिएको शहकारी शाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी