मकवानपुर थाहा नगरपालिकाले उपभोक्ता समिति मार्फत संचालन गर्ने योजना चालु आर्थिक वर्षको फागुन मसान्त भित्रै सम्पन्न गर्ने तालिका वडा तहसम्म सर्कुलर गरेको छ । योजना कार्यान्वयन तालिकामा साउन महिनाभित्रै उपभोक्ता समिति गठनका कार्यक्रम सक्ने, १५ भाद्र भित्र लागत अनुमान तयार गर्ने गरी सर्कुलर वडामा आएको वडाध्यक्षहरुले बताएका छन् ।

योजना कार्यान्वयन तालिका अनुसार २० भाद्रबाट उपभोक्ता अनुशिक्षण कार्यक्रम संचालन गरिनेछ । अनुशिक्षणमा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहनेछ । उपभोक्ता समितिसंग असोज मसान्तभित्रमा सम्झौता सक्ने थाहा नगरपालिकाको योजना रहेको छ । तालिका अनुसार सम्झौता सम्पन्न भएको ५ महिनाभित्रमा उपभोक्ता समितिहरुले योजना सम्पन्न गरिसक्नुपर्नेछ । पालिकाले उपभोक्ता समिति मार्फत संचालन हुने योजना सम्पन्नको डेटलाइन फागुन मसान्त मानेको छ ।

यसैबीच पालिकाले ठेक्का मार्फत संचालन गर्ने योजनाहरुको भाद्र मसान्तसम्म लागत अनुमान तयार गरिसक्ने समयसीमा तोकेको छ । असोज महिनाभर बोलपत्र आव्हानको कार्यतालिका रहेको छ भने २० मंसिरभित्र ठेक्का सम्झौता गर्ने पालिकाको कार्यतालिका रहेको छ ।

पालिका प्रेस
थप जानकारी