हेटौंडा उपमहानगरपालिकाले एकै पटक करारमा १७ जना कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णयनै गरेर एकै पटक १७ जना कर्मचारी माग गरेको हो । उपमहानगरपालिकाले कार्यालय सहयोगि देखि लिएर आठौ तह सम्मका कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाले सबै भन्दा धेरै कम्प्युटर अप्रेटर ७ जना माग गरेको छ । त्यसैगरी कार्यालय सहयोगि ४ ना माग गरिएको छ ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका कार्यालय वा मातहतका स्वास्थ्य संस्थामा काम गर्नेगरी मेडिकल अधिकृत २ जना माग गरिएको छ । त्यस्तै स्टाप नर्ष वा सहायक स्तर पाँचौका गरेर अरु दुइ जना माग गरिएको छ ।

स्वास्थ्यको टेक्निकल सहायक पाँचौ पदमा १ जना माग गरिएको छ । अहेब सहायक स्तर पाँचौको १ जना कर्मचारी माग गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

कर्मचारी माग सम्वन्धी बिस्तृत सूचना तल हेर्न सक्नुहुने छ ।

 

पालिका प्रेस
थप जानकारी