संघीय भौतिक पूर्वाधार विकास मन्त्रालयको रणनीतिक सडक सञ्जाल योजनाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजनाअन्तर्गत बाँकेको डुडुवामा २५ करोड रुपैयाँ लागतमा सडक निर्माण सुरु गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक योजनामा डुडुवाको सो सडकलाई पारेपछि निर्माण प्रक्रिया सुरु भएको हो । डुडुवा गाउँपालिकाको गन्धैली नालादेखि जाफरपुर्वा, बेतहनी अमृतपुर्वा, दासपुर्वा, कैरातीपुर्वा, कोल्ही हुँदै रमपुर्वा–डुडुवा खोलाको झोलुंगे पुलसम्म पहिलो चरणमा सडक निर्माणका लागि २५ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको बाँके क्षेत्र २ का संघीय सांसद मोहम्मद इस्तियाक राईले बताए ।

सडक निर्माण प्रक्रिया सुरु भएसँगै वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका डुडुवाबासी हर्षित भएका छन् । निर्माण प्रक्रिया सुरु भएको २ नम्बर संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको क्षेत्र हो ।

पालिका प्रेस
थप जानकारी