नेवारी समुदायको संस्कृति र परम्पराले नेपाललाई नै विश्वमा फरक पहिचान स्थापित गर्न सहयोग गरेको बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताएकी छिन् । नेवारी समुदायको विभिन्न जात्रा र पर्वले थप साँस्कृतिक फरकपन दिने मन्त्री मोक्तानको भनाइ थियो । थाहा नगरपालिकाको पालुङमा ३ चैतमा हली नेवाः गुठिले आयोजना गरेको होली सांस्कृतिक पर्यटन मेलाको उद्घाटन गर्दै मन्त्री मोक्तानले यस्तो बताएकी हुन् ।

431443748_132944175774532-1710684809.jpg

मन्त्री मोक्तानले नेवार समुदायले सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भुमिकामा रहने गरेको बताउदै समयको परिवर्तनले नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएकामा उनले चिन्ता व्यक्त गरिन् । उनले साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा नेवारहरूले नेतृत्वदायी भुमिका निर्वाह गरेको स्मरण गर्दै नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिने र विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि भएको बताइन् ।

कार्यक्रममा देशभरका विभिन्न स्थानबाट आएका ७ सय ५० जना पाहुना तथा स्थानीय नेवार समुदाय हरुको सहभागीता रहेको थियो । मेलामा नेवारी संस्कृति, नेवारी खानालगायतका प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो। कार्यक्रम हली नेवा गुठी मकवानपुरको आतिथ्यतामा भएको गुठिका मकवानपुर अध्यक्ष बिजय मल्लले बताए ।

हली नेवाः गुठिको अध्यक्ष बिनोद महर्जनको अध्यक्षतामा भएको पर्यटन मेलामा बागमती प्रदेशका पुर्वमन्त्री तथा सांसद वसन्त मानन्धर, थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, नगर उपप्रमुख भरत गोपाली, लुम्बिनी बिकास कोषका सदभावना राजदुत बिक्रम पाँडे काजी, हली नेवा गुठीका संरक्षक शान्त प्रकाश श्रेष्ठ, पनु मुल गुरु अस्टमान श्रेष्ठ, इन्द्रायणी भगवती काला भैरव संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, थाहा नगर सांस्कृतिक संरक्षण क्षेत्र कार्यदलका सदस्यहरुको उपस्थिती रहेको थियो।

पालिका प्रेस
थप जानकारी