ललितपुर महानगरले सहरी सडक स्तरोन्नति गर्न ठेकेदार छनोट गरेको छ । ललितपुर महानगरभित्रका सडकको स्तरोन्नति र कालोपत्रे गर्न महानगरले १६ करोड ३८ लाख रुपैयाँ रकम कबोल गर्ने दुई ठेकेदार कम्पनीको बोलपत्र स्वीकृत गर्न लागिएको सार्वजनिक सूचना जारी गरेको हो ।

पहिलो प्याकेजका लागि पीआर/सप्तपथ/दरमा जेभीलाई ९ करोड ६३ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी छ । दोस्रो प्याकेजका लागि सीएम/पवित्र/महर्जन जेभीसँग ६ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ ।

ललितपुरको सहरी क्षेत्रमा पनि अधिकांश ठाउँमा साँघुरा सडक संरचना छन् । बढ्दो जनसंख्या र सवारी साधनको चापले सडक अस्तव्यस्त हुन थालेपछि महानगरले सडक स्तरोन्नति गर्न लागेको हो ।

पालिका प्रेस
थप जानकारी