सप्तरीको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गरेको छ । पालिकाभित्रका दलित समुदायका एकल र विपन्न ५० जना महिलालाई पालिकाले निःशुल्क विद्युतीय मिटर उपलब्ध गराएको हो ।
मिटर हस्तान्तरण गर्दै पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विद्युत् पहुँच विस्तारसँगै आपूर्तिले उनीहरूको जीवनयापन सहज हुने बताए ।
विद्युत् अभाव पेखिरहेका विपन्न परिवारका लागि निःशुल्क रुपमा मिटर जडान गरिदिएको र यसले वालवालिकाको अध्ययनमा समेत फरक पार्ने उनको भनाइ छ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्