मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले शोक विदा दिएको छ ।

पालिकामा प्रशासन सेवाका सहायक पाँचौं ध्रसव कुमार अधिकारीको २० फागुनमा निधन भएपछि पालिकाले २१ फागुनका लागि शोक विदा दिएको हो । अधिकारी क्यान्सर पीडित थिए । गाउँपालिकाले २० फागुनमा सूचना प्रकाशन गर्दै पालिका अन्तर्गतका वडा तथा स्वास्थ्य संस्थाहरुका लागि सार्वजनिक विदा दिएको पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

गाउँपालिकाले निधन भएका अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी