
थाहा नगरपालिकालाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट–चित्लाङ सडक स्तरीकरणको लागि थप २५ करोड रुपैयाँको ठेक्का आव्हान गरिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ अन्तर्गत यसअघि नै १५ करोड बराबरको ठेक्का लागिसकेको यो सडकमा हाल ११ सय मिटर पिच, मोड काट्ने, नाली बनाउने, पर्खाल बनाउनेलगायत निर्माणकार्य भइरहेकोे छ भने २०८१/८२ का लागि थप २५ करोडको ठेक्का आव्हान गरिएको हो ।
ऐतिहासिक थानकोट– चित्लाङ सडक खण्डमा वर्षेनी बजेट विनियोजन हुने गरेको भएपनि ठेकेदारको लापरबाही, स्थानीय तहको उचित नियमनको अभाव र प्राकृतिक स्रोतको चरम दोहनले यो सडक सीमित व्यक्तिहरुको कमाई खाने भाँडोको रुपमा प्रयोग हुँदै आएको आरोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्