काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राम्रा काममा अवरोध होइन सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । ९ चैतमा वडा नम्बर २२ को वडा कार्यालय भवन उद्घाटन गर्दै शाक्यले ‘मेयर’ले जस लिन्छ भनेर विकास निर्माणको काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिले समस्या आएको गुनासो गरे ।

मेयर शाक्यले भने, ‘हामी सबैसँग सहकार्य गरेर सम्पदा निर्माण–पुनर्निर्माण एवं विकास निर्माणका काम गर्न चाहन्छौं । म गौरवका साथ भन्छु ।  मेरो कार्यकालयमा सबै नीतिगत निर्णय सर्वसम्मत रुपमा भएका छन् । तर, मेयरले जस लिन्छ भनेर रोक्ने प्रवृत्तिका कारण केही ठाउँमा समस्या भएको छ ।’ ‘पेप्सी, फेन्टा, कोकोकोला व्यापारीहरुले अरुको वस्तु राम्रो भनेर कहिल्यै प्रचार गर्दैनन् । हाम्रो पनि अवस्था त्यस्तै–त्यस्तै भएको छ । यो सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणको अभियान पेप्सी, फेन्टा, कोकोकोलाको व्यापार जस्तो होइन । त्यसैले राम्रा काममा अवरोध होइन सहयोग गरौं’ उनले भने ।
सम्पदा निर्माण–पुनर्निर्माण र विकास निर्माणका काममा कार्यपालिका र नगरसभाका सबै बैठकमा सर्वसम्तत निर्णय गरेर अघि बढेको उनको दाबी थियो । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सम्पदा निर्माण–पुनर्निर्माणको काममा सबैको साझा सहयोग आवश्यक हुने बताइन् ।
पालिका प्रेस
थप जानकारी