प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई स्वागत गर्दै नगर प्रमुख विष्णु विष्ट तथा उपप्रमुख भरत गोपाली ।

मकवानपुर थाहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा होमनाथ काफ्ले हाजिर भएका छन् ।

काफ्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट थाहामा सरुवा भई थाहा नगरपालिकामा १६ साउनमा हाजिर भएका हुन् । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको सरुवा भएपछि काफ्ले थाहानगरको छैठौं प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन् ।

वि.सं. २०७१ सालमा नगरपालिका घोषणा भएको थाहामा हालसम्म पुरुषोत्तम सापकोटा, रामेश्वर अर्याल, हरिलाल पुरी, भिम परियार र जीवन आचार्य प्रमुख प्रशासकीय अधिकृत भैसकेका छन् । पुरी थाहाको दुई पटक प्रमुख प्रशासकीय अधिकृत भए । उनी पहलिो पटक वि.सं. २०७१ मंसिर ८ देखि २०७२ चैत्र १५ गतेसम्म र दोस्रो पटक वि.सं. २०७४ असोज १० देखि २०७९ साउन ११ सम्म गरी ६ वर्ष बढि प्रमुख प्रशासकीय अधिकृत भएका हुन् ।

त्यस्तै पुरुषेत्तम सापकोटा विसं. २०७१ जेठ ९ गतेबाट ३ महिना, परियार वि.सं. २०७३ जेठ ३ गतेबाट १० महिना र जीवन आचार्य वि.सं. २०७३ चैत्र ८ गते देखि ६ महिनासम्म प्रमुख प्रशासकीय अधिकृत भएका थिए ।