• अशोक विष्ट

विषय प्रवेश
आजको भव्य, सभ्य र चेतनशील मानिसहरुको उत्पति आजभन्दा लगभग सात करोड वर्ष अगाडी भएको र विभिन्न आरोह, अवरोहहरु पारगर्दै यस स्थीतीमा मानब विकास आईपुगेको हो भन्ने कुरा यसको खोज र अनुसन्धानले देखाँउछ । आजको जस्तो पहिलो आधुनिक मानव २ लाख वर्ष पहिले मात्र देखा परेका थिए । मानिसका प्रजातीहरु मध्ये नियान्डरथल्सहरू अलग खालका प्रजाती थिए । तिनिहरुको मस्तिष्क क्षमता निकै ठूलो थियो तरपनि अनन्नत मानवका अरु प्रजातहीरुलाई हस्तक्षेप गर्न नसक्नुका कारण तिनीहरूको मृत्यु भयो ।

ड्राईफिथिकस, रामापीथेकस आजका मानिसका पुर्खाहरु हुन जसका अवशेषहरु पंजाबको शिवालिक क्षेत्र र पछि अफ्रिका र साउदी अरेबियामा समेत भेटिएका थिए । मानिसका विकासका चरणहरुलाई हेर्दा अस्ट्रेलोपीथेकस, होमो इरेक्टस, होमो सेपियन्स निएन्डरथलेन्सिस र होमो स्प्यानिस गरी चार चरणका विकासका क्रमहरु देखिन्छ । यसरी विकास हुँदैजादा पहिलो मानब सभ्याता मेसोपोटामियन हो जुन विश्वमा रेकर्ड गरिएको सबैभन्दा पुरानो सभ्यता मानिन्छ । मेसोपोटामिया एक ठाँउको नाम हो जुन युफ्रेटिस र टाइग्रिस नदीहरुको बिचमा अवस्थीत छ जुन ठाउँ आज इराकको एक हिस्सा हो र यो त्यस शताब्दीको ज्यादै जटिल सभ्यता थियो । जसले चौथो सहस्राब्दी ईसापूर्व ३००० वर्ष पहिले पहिलो शहरको रुपमा स्थापना गरेको ईतिहाँस पाईन्छ । आधुनिक मानवहरू विगत २ लाख बर्ष पहिले अफ्रिकामा उत्पन्न भएका थिए र उनीहरूको सामान्य पुर्खा होमो इरेक्टसबाट अहिलेका आधुनकि मानवहरु विकसित भएका हुन ।

होमो इरेक्टसको अर्थ ल्याटिन भाषामा इमान्दार मानिस भन्ने बुझिन्छ । होमो इरेक्टस मानवको विलुप्त प्रजाति हो जुन आज भन्दा एघार लाख पैतिस हजार वर्ष पहिले देखिनै पृथ्वीमा संर्घष गर्दै आईरहेका थिए । विज्ञानको खोज अनुसार मानव वाँदरको धेरै जीवित प्रजातिहरू मध्येको एक खास प्रकार हो । ओराङगुटानुस, चिम्पान्जी, बोनोबोस र गोरिल्ला जातीनै मानवको विकशीत रुप हो भन्ने कुरा विज्ञानको खोजले बताउछ । मानव विकासको ईतिहासलाई अध्ययन गर्दा यसको कथन अनुसार आजको आधुनीक मानव वाँदरकै एक विकसित प्रजाती हुन भने सदियौ देखि मानव संगै खेल्दै र हुर्कदै आएका वाँदर र वाँदरका विभिन्न अरु प्रजातीहरु, चिम्पान्जीहरु किन आज सम्म मानिस बन्न नसकेका त भन्ने विरोधाभास कुरापनि विज्ञानमा जिज्ञासाको विषय बनेर रहेको छ ।

खैर जे होस । मानिस पृथ्वीकै एक सुन्दर र बुद्धिमान प्राणी हो जसले हरेक अरु प्राणी माथि आफ्नो नियन्त्रण र हैकम राख्दछ । पृथ्वीको जीवहरु मध्ये मानिस नै एउटा यस्तो प्राणी हो जो संग चेतना र अति तेज दिमाग हुन्छ । यही तेज र तिछ्ण दिमागको कारणले गर्दा उ अरु प्राणी भन्दा भिन्न र अलौकीक छ । मानव विकासको क्रमसंगै यसले गरेको अत्याधिक जनसंख्याको बृद्धिको कारण समयको कालखण्ड संगै उ विभिन्न समुह र छुटृा छुटै झुण्डहरुमा आफ्नो हैकम जमाउदै बस्न रुचायो ।

यही क्रमसंगै उसले समुह भीत्र आफ्नै नियम र कानुनहरु बनाउदै जान थाल्यो । उसले जे सिक्यो, जे जान्यो यदी त्यो हितकारी सावित भयोभने अर्को समुहले पनि नक्कल गर्न थाले र विस्तारै विश्वमै मानवको विभिन्न ठुला ठुला समुहहरुको सृजना भयो ।

मानिसहरुका साझा भावना

जतीसुकै फरक विचार र धारणा भएतापनि काम, क्रोद, लोभ र मोह भने सबै मानिस र प्राणिमा साझा भावनाको रुपमा विकास भयो । एक अर्का प्रति काम वासना उत्पन्न हुनु, क्रोद हुनु, लोभ लाग्नु र काम वासनाबाट उत्पन्न भएको आफ्नो परिवार प्रति मोह र माया लाग्नु त्यस्तै आफ्नो संपर्कमा आएका अर्को समुह प्रति आफ्नो भावना र विचार मिल्दा मोहीत हुन यी सबै विश्वका हरेका मानिसहरुको साझा सोचाई र सबन्धहरु हुन ।

सुत्नु, उठ्नु, समयमा खानपान गर्नु, आफ्नो दैनिक कर्म गर्नु र हरेक २४ घंटाभित्र यो प्रकृया नियमित दोराई रहनु आजको आधुनिक मानब समाजको साझा दिनचर्या हुन । मानिस मात्र नभएर मानिस संग आश्रित अरु सबै जीवहरुको सामान्य प्रक्रियानै यीनै हुन । पृथिविमा भएका यी सबै मानिसहरुको यीनको उत्पती काल देखिनै साझा दिन चर्या एउटै हो भने आज कीन कुनै ठाउका मानिसहरु अत्याधीक सुख भोग गरिरहेका छन भने कुनै ठाउँका मानिसहरु भने सदियौ देखि उही दुख भोगीरहेका छन ।

एउटै समाजमा पनि कोही धेरै धनी छन त कोही किन कहिल्यै धनी बन्न सकेका छैनन त । आउनुस यस विषयमा अलिकती चर्चा गरौ ।

बुद्धि र विवेकमा फरकपना

मानिसहरुको साझा दिन चर्या एउटै भएता पनि उनिहरुको सोच र बुद्धिमा भने फरक हुन्छ । सबैले खाने त्यही चामल, पिठो, सब्जी र माछा मासुनै हो तर यही खानेकुरालाई कसैले कुन प्रकारमा खान्छन त कसैले कुन प्रकारमा । यो भने फरक विषय हो । एउटै बस्तुलाई कसैले कुन डंगबाट त कसैले कुन डंगबाट खानु र प्रयोग गर्नु मानिसको वौद्धिकता र क्षमता भित्रको उसको सदियौ देखिको परम्परा, संकृति र कलामा भरपर्छ ।

एउटै बस्तु जसलाई प्रयोग गर्ने तरिका मनपर्यो भने त्यो अर्को समुहले पछ्याउछ र पछि उसले गरेको नक्कल विश्वब्यापी बन्न पुगी बस्तु प्रयोग गर्ने तरिका निकाल्ने ब्यक्ति समाजमै उतकृष्ट हुन्छ र उसले बिश्वभर नाम कमाउछ । अहिले सम्म मानव र उसको सभ्यताको विकासको क्रमलाई हेर्दा यही सिद्धान्त नै विश्वभरी लागु भईरहेको छ । जसले आफ्नो सिद्धान्तलाई गर्वगर्छ र रात दीन मेहनत गर्छ, जसले आफ्नो पहिचान र आविश्कारलाई, आफ्नो कर्म र ईतिहासलाई विश्व सामु चिनाउन सफल हुन्छ आज त्यही समुहनै विश्वमा नामी र दामी कहलिएका उदाहरणहरु हामी सामु प्रसस्त भेटिन्छन । भनिन्छ आफ्नो उन्नती र प्रगती गर्नको लागी पहिला हामीले हामी आफै भित्रको वौद्धिक क्षमतालाई चिन्न सक्नुपर्छ ।

म को हुँ ? म संग के क्षमता छ भन्ने चिनेर त्यही क्षमतालाई विकास गर्दै लाँदा समाजमा एकदिन त्यो मान्छे धनी पनि हुन्छ र सुखी पनि हुन्छ अनि जसले आफुले आफैलाई चिन्न र बुझ्न नसकि सधै यता र यता भौतारिन्छ, उ सदै दुखी हुन्छ र समाजमा जहाँको त्यही थचारिन्छ । यो त एउटा व्यक्तिमा लागुहुने कुरा भयो । यस्तै व्यक्ति व्यक्ति मिलेर बनेको एउटा घर, समाज अनि सिंगो राष्ट्रले यही कुराको मनन गर्नु जरुरी छ ।

भगवानको सृस्टिमा कुनै भेदभाव छैन फरक केवल चेतना मात्र हो

यदी भगवानले भान्छेलाई सृजना गरेको हो भने जसरी एउटा मानिसलाई कुनै भेदभाव नराखी एउटा सिंगो शरिरको सृजना गरिदिएको हुन्छ । उदाहरणको लागी तपाई हामी सबै संग नाक, मुख, आँखा, कान, स्वाद पाउने जिब्रो आदी ईत्यादी शरिरका सबै अंग सबैसंग बराबर छ ।

तपाईको आँखाले चाही हेर्ने अनि मेरो आँखाले चाही सुन्ने काम पक्कै गर्दैन । मेरो नाकले चाही गन्ध अनि तपाईको नाकले चाही स्वाद पाउने काम पक्कै गर्दैन । तपाईको शरिरमा भएको अंगले जे काम गर्छ मेरो शरिरमा भएको अंगले पनि त्यही काम गर्छ यस अर्थमा भगवानले सबै प्राणीलाई एकै प्रकारका अगंहरु दिएका छन फरक फरक आकृतिमा । फरक यती छ की एउटै दृश्टीमा तपाईको आँखाले अर्कै देख्न सक्छ मेरो आँखाले अर्कै देख्न सक्छ । एउटै स्वादमा तपाईको जिब्रोले फरक स्वाद पाउन सक्छ भने मेरो जिब्रोले फरक स्वाद पाउन सक्छ ।

आवाज एउटै हो तपाईको कानले फरक सुन्न सक्छ तर मेरो कानले फरक सुन्न सक्छ । आँखाले देख्ने एउटै बस्तुको दृश्टी, कानले सुनेको त्यही आवाज अनी जिब्रोले पाएको त्यही स्वाद व्यक्ति विशेष पिछे फरक फरक हुन्छ । फरक फरक मान्छे ले देखेको, हेरेको र स्वाद पाएको यदी फरक फरक नभई एउटै भयो भने हो त्यही हो सत्यता भनेको । जहाँ सत्य हुन्छ त्यहाँ सकारात्मक शक्तिको सृजना हुन्छ ।

अनी एउटै बस्तुको दृश्टी, स्वाद र आवाज फरक फरक मान्छेले फरक फरक देखे, स्वाद पाए या आवाज सुने भने त्यहाँ छलफल र बहश सुरुहुन्छ, अनि बाद विवादको सृजना हुन्छ । जहाँ नकारात्मक शक्तिको सृजना हन्छ । यसरी आजको विश्व समाजमा यसरीनै मानिस मानिस बीच होड बाजी चलिरहेको छ र सकारात्मक र नकारात्मक लडाईको बीचमा विश्व समाज अगाडी बढि रहेको छ ।

जसरी एउटा मानिसलाई कुनै भेदभाव नराखी भगवानले बराबर अंगहरु दिएका छन् अनि उसले आफुभित्रको खुबीलाई चिनेर समाजमा प्रस्तुत हुँदा उ जीवनमा सफल हुन्छ ठिक त्यसरीनै यो पृश्वीमा मानिसले भाग लगाएका ७ वटा महादिप र त्यस भीत्रका १९५ वटा राष्ट्रहरुपनि त्यही हो । कति राष्ट्रहरु सदियौ देखि स्वतन्त्र छन भने कयौ राष्ट्रहरु अरुको दासत्वबाट पछि छुटकारा पाएर स्वतन्त्र बनेका छन् ।

कुनै राष्ट्रहरु भने आफु स्वतन्त्र भएतापनि त्यस राष्ट्रको भौगोलिक अवस्था, आन्तरिक कलह र राज्य संचालकहरुले यसको उचित ब्यवस्थापन गर्न नसक्नुको कारणले गर्दा छिमेकी र बाहृय राष्ट्रको हस्तक्षेपमा परिरहेका छन् । १९५ वटा राष्ट्रहरु भध्ये कोही अत्यधीक धनी छन त कोही मध्यम अनि कोही सारै गरिब छन । कहि आन्तरिक कलह र झगडा छ भने । कही राष्ट्र राष्ट्र बीच लडाई चलिरहेको छ । यी सबै हुनुको पछाडीको कारण के हो त । संसारमा बस्ने हामी सबै मानिसहरु एउटै हौ तर कुनै राष्ट्रका मानिसहरु भने अर्को ग्रहमा घर बनाउने होड बाजिमा छन ।

एलियन र अन्य यस्तै जीवको खोजीमा छन भने कुनै राष्ट्र आजको दिन सम्म पनि भोकमरीको चपेटामा छन् । दैनिक बिहान बेलुका के खाने भन्ने सोचमा मात्र उनिहरुको दिमाग खर्च भईरहेको अवस्था छ । विस्तारै बिस्तारै गृह यूद्धतिर धकेल्ली रहेकाछन् ।

राम्रो र नराम्रो घरमा फरक

एउटा घर जब मात्र राम्रो हुन्छ तब त्यो घरका हरेक सदस्यहले त्यस घरमा भएका हरेक नियम र अनुशासनका विधिहरु मानेका हुन्छन । एउटा समाज भित्र एकैपटक शुरु भएको घर गृहस्तीलाई हेर्दा एउटाको विकास भएर उ प्रगतिको हजारौ खुड्कीलाहरु पार गरी सकेको हुन्छ भने अर्कोलाई हेर्दा कति पुस्ता देखि उ जहाँको त्यही हुन्छ ।

यस्तो हुनुको मुख्य कारण जुन घरले म आफु को हुँ र मैले के गर्नु पर्ने रहेछ भनेर आफुले आफैलाई चिनेर, आफु र आफ्नो परिवार, परिवार भित्र भएको संस्कारलाई सम्मान, सदभाव, एक अर्कामा साथ, सहयोग र गौरब गर्दै आफ्नो चेतना स्तरको बृद्धि गरेर अगाडि बढ्यो त्यो घरको प्रगती भयो र जुन घरले आफुले आफैलाई चिन्न सकेन त्यहाँ घर भित्रकै सदस्य सदस्यहरु वीच बेहेमानी, खिचातानी, अहंकार, लोभ लालस, ईश्र्या र आडम्बर बढ्न थाल्यो अनि आफ्नै घरभित्रको कलहले गर्दा उ माथि कहिले उठ्न सकेन । यस्तै कुन्ठीत चेतना, आन्तरिक कलह, आफ्नो पहिचान माथिको गृणा, अरुको देखासिखी र नक्कल, आफ्नै कला र संस्कृति माथि आफैले निरमम प्रहार गर्दाको परिणाम स्वरुप विश्वका कयन रास्ट्रहरु आज जहाँको त्यही छन । आफ्नो धर्म, परम्परा, कला र संस्कृति आफ्नो गहना हो । श्रृगांर हो । आफुले लगाएको गहनाको गर्व गर्नुपर्दछ ।

अरुले पनि त्यो गर्वको सिको गर्ने वातवरणको सृजना गर्नुपर्दछ । अनिमात्र मान्छे भित्रैबाट बलियो हुन्छ र उसलाई बाहृय शक्तिले हेप्न सक्दैन र विस्तारै समुन्नत तिर अगाडी बढ्दछ ।

छिमेक तिर नजर लगाउँदा

विश्वका धनी राष्ट्रहरुका ऐतिहाँसिक शहरहरु घुम्न जाँदा त्यस शहरमा उनिहरुका हरेक चोक र गल्ली गल्लीमा देशलाई गौरब बनाउने, आफ्नो देश चिनिने ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरुलाई शिलाको रुप दिएर राखेको भेट्न सकिन्छ । आफु जुन धर्म, संस्कार र परम्पराबाट हुर्किए । जसले राष्ट्र निर्माणमा तत्कालिन अवस्थामा जे जस्तो त्याग र बलीदान गरे तीनका मूर्तिहरुलाई सम्मान स्वरुप गौरबका साथ हरेक ऐतिहाँसिक स्थानमा राख्ने र पुज्ने गरेको पाईन्छ ।

आजभन्दा ६०१ वर्ष पहिले सन १४२० मा त्यतिखेरका तत्कालिन सासकहरुले १४ वर्ष लगाएर बनाएका हाम्रो छिमेकी राष्ट्र चाईनाको राजधानी बेईजिङ शहरमा अवस्थीत पन्द्र लाख स्क्वायर मिटरमा फैलिएको फरबिडन सिटि चाईनाको आजको सरकारले गरेको यस ठाउँको संरक्षण, प्रर्वद्धन र पर्यटकिय व्यवस्थापन हेर्दा यस्तो लाग्छ की हामी ६०० वर्ष पछाडी समय यात्रा गरिरहेका छौ । उही रुप, उही कला, सबै जस्ताको त्यस्तै देख्न पाईन्छ । यदी त्यो संपदा हाम्रो देशमा भईदिएको भए त्यस ठाउँको ईटा, ढुंगा, पुरातात्वीक बस्तु त के माटो पनि हामीले बाँकी राख्ने थिएनौ होला । कि ओखलेर फालिदिन्थ्यौ, कि त्यस ठाउँलाई कृढा स्थल बनाएर सौचालयमा परिणत गरिसक्थ्यौ किनकी हामीले अहिले सम्म यही राजनैतिक संस्कार सिक्दै आयौ । तर आज त्यहाँका हरेक बस्तुहरु उस्तैछन, आगन, चोक, प्रवेशद्धार । ती सबै तीनका पूर्खाले सृजेका अमुल्य संपत्ति हुन ।

चाईनीजहरुले आफ्नो भाषालाई यती गर्व गर्छन की उनीहरु जानेपनि अरुको भाषा बोल्दैनन् । हरेक चीजमा आफ्नै बस्तुको गर्व गर्छन । त्यही गर्व चाईना मन पराउनेहरुले पनि गर्छन । उनीहरुको भाषा सिक्न खोज्दछन । आज यो राष्ट्र विश्वसामु गरिब भएको भए सायदै कसैले पनि उसले गर्व गरेको चिछ र आफुले विश्व सामु बनाएको आफ्नो पहिचानलाई कसैले वास्ता गर्ने थिएनन ।

गरिबीकै भूमरीबाट आफ्नो माटोको माया र गर्ब गरेर अगाडी बढ्दै जाँदा आज सबैको हाई हाई भएको छ चाईना । सन १९६० मा हरेक क्षेत्रको पोलिसि परिवर्तन गरेर सन १९८० ताका विकाशमा छलाङ मार्न थालेको चाईनिजहरु जनता, सरकार सबै मिलेर भोक भोकै आफ्नो देश बनाए । यसको अर्थ के हो भने उसले आफुले आफैलाई गर्व गर्यो, सबैजना एउटा सिस्टममा हिंडे, सबैले नियम, कानुनको पालना गरे र आफ्नो देशको विकास गरे । विश्व सामु चिनाए । त्यसैले आज सबैको चाहे प्रतिस्प्रदाको दृष्टिकोणबाट होस चाहे हितैसी मित्रको दृष्टिकोणबाट होस चाइनालाई मन नपराउनेहरु सायदै कम नै भेटिन्छन ।

त्यस्तै हाम्रो अर्को छिमेकी राष्ट्र भारतको कुृरा गर्दा भारत पनि आफ्नो भनेपछि मरीमेट्ने र बढाई चढाई गरेरै भएपनि आफ्नो बस्तुप्रति गौरब गर्ने राष्ट्रको रुपमा चिनिन्छ । यी राष्ट्रहरुले आफ्नो चीजलाई गर्वमात्र हैन संगसंगै राष्ट्र निर्माणमा पनि उतिकै मेहनत गरेको पाईन्छ । आफ्नो पहिचान, धर्म, कला र संस्कृतिलाई बाहृय हस्तक्षेप यीनीहरु मन पराउँदैनन । गौरबका साथ शीर ठाडो बनाउछन् र त्यही अनुरुप राष्ट्र निर्माणको लागी काम गर्दछन ।

सन १९५७ मा बेलायती साम्राजयबाट स्वतन्त्र भएको मलेशियाको विकासको ईतिहाँसलाई हेर्दा १९५७ देखि हाल सन २०२१ सम्ममा विकाशमा कायापलट गरेको देखिन्छ । मलेशियाको भाषा आयातित भाषा हो । जसलाई मलेशियनहरु अति गर्व गर्दछन । अधिकाँश मुशलिम समुदाय बसेको मलेशियामा चाइनिजहरुको पनि बरचस्व रहेको पाउन सकिन्छ । ६४ वर्षसम्मको स्वतन्त्रता दिवस मनाई रहदाखेरीको अवस्था सम्ममा यस देशले आर्थिक, सामाजिक र भौतिक विकासमा उल्लेखनीय सफलता हासिल गरिसकेको अवस्था छ ।

हामी नेपाली हाम्रो गौरब

अब आउँ हाम्रो देश नेपाल तर्फ, जुन देश कुनै देशबाट पनि स्वतन्त्र नभएको, आफ्नै मौलिक भाषा, संस्कृति, कला, धर्म र परम्परा भएको देश । बीर गोरखालीहरुको बहादुरी र पौरखले आजसम्म बाँची रहेको देश । विश्वकै शान्तीका दुत भगवान गौतम बुद्ध जन्मनु भएको देश । विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र विन्दु भगवान पशुपतिनाथको उदय भएको देश । सिता र भृकुटी जस्ता महान आत्माहरु जन्मीएको देश । जहाँ गौरब गर्नुपर्ने विषयहरु धेरैछन । विश्वकै अग्लो शिखर सगरमाथा भएको देश । तराई, पहाड, हिमाल सबै भुभागले प्रयाप्तता पाएको देश ।

सबै जातजाती धर्म, कला र संस्कृतिले प्रशय पाएको देश । जहाँ धर्मको नाममा कहिले लडाई झगडा भएन । जहाँ जातिय यूद्ध कहिले भएन । सबैको साझा फुलबारीको रुपमा चिनिएको शान्ती प्रिय देश । सन १८४६ बाट राजाले शासन गर्न थालेको देश । १०४ वर्ष सम्म राणाहरुले शासन गरेको देश । ३० वर्ष सम्म पञ्चायत शासकले राजा सहित शासन गरेको देश । २०४६ साल पछि हाल ३२ वर्ष सम्म प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले शासन व्यवस्था हाँकी रहेको देश । २०६२, २०६३ को जन आन्दोलनले कायपलट गरेर पुरानो संविधान फाली संविधान सभाको चुनाव समेत गरेर नयाँ संविधान जारी गरेको देश । आखिर कुन तत्वले चलायामान भईरहेको छ त आजसम्म ? हरेक नेपालीहरुको ढुकढुकीले खोजी रहेको उत्तर हो यो ।

हामी यो व्यवस्था हुँदैन अर्को ब्यस्थाको लागी लडाई गर्छौ । त्यो पनि हुँदैन फेरी अर्को बिद्रोह शुरु गर्छौ । फेरी त्यो पनि हुँदैन अर्को लडाई झगडा गर्छौ । यसो गर्दा गर्दै नत हामीले सगरमाथाको विषयमा सोच्न पाएका छौ । नत बुद्धको बारेमा प्रचार गर्न भ्याएका छौ । नत पशुपतिनाथलाई नै दर्शन गर्न भ्याएका छौ । सबैको मुखमा राम राम आउँछ । सबैको मनमा ॐ नमः शिवाय गुन्जीन्छ । मस्तीज अगाडी पुगियो भने एकपटक टक्क अडेर अल्लाहलाई हामी सम्झन्छौ । चर्च अगाडी पुगेउ भने जिसस क्राईस्टलाई संझन्छौ । गुम्बा अगाडी पुगेउ भने भगवान गौतम बुद्धलाई सम्झन्छौ । ॐ माने पिमे हुँ भन्दै माने घुमाउछौ । हामीमा सबैप्रति आस्था छ । सबैप्रति बिश्वास छ । हामी प्रत्येकमा नेपालित्वको भावना झल्कीन्छ तरपनि किन आज हामी अन्य राष्ट्रको तुलनामा दिनानुदिन दलदलमा फस्दै गईरहेका छौ । एउटा गौरबको आयोजना तयार हुन २० औ वर्ष लाग्छ ।

कतिपय आयोजनाहरु पुरा हुन नपाउँदै जिर्ण बन्दछ । आज यी र यस्ता धेरै प्रश्नहरुको उत्तर आम नेपालीहरुले खोजिरहेका छन् । आँगनको देवतालाई चिन्न नसकेर करेशाको भूतलाई देवता मान्नु पर्छ भनेर डोंग पिट्दै हिंडिरहेका छौ । आराध्य देव भगवान पशुपतिनाथको महिमा लाई चिन्न नसकेर मनलाई गरौ बनाउदै अरुको धर्मप्रचारमा लागी परिरहेका छौ । गौतम बुद्धको मार्गदर्शन लाई त्यागेर चाकडीबाज, लोभ, मोह, लडाई, झगडा, कमिशन तन्त्र, अपहरण र हत्या, प्रकृति दोहनमा धन आर्जन गरेर रमाई रहेकाछौ । नत हामीले हाम्रो परम्परा, कला र संस्कृतिलाई नै जोगाउन सकेका छौ । न त कुनै बस्तुको उत्पादन गर्न सकेका छौ । के हाम्रो ईतिहास ले हामीलाई यही सिकाएको हो त ?

पूर्वदेखि पश्चिम सम्म ८८५ कि.मि. तथा उत्तर देखि दक्षिण सम्म १५० देखि २५० कि.मि. दुरीमा रहेको साथै १४७५१६ स्क्वायर किलोमिटर क्षेत्रफल भएको यती सानो सुन्दर देश नेपाल दक्षिण एशिया महादिपकै एउटा चम्कीलो तारा हो । सबैले आ आफ्नो ठाउँबाट कम्मर कसेर एउटा सामुहिक प्रतिवद्धताका साथ देश बनाउने अभियानमा लाग्नुपर्छ भन्ने अभिब्यक्ति कुनै तह र तप्काबाट पनि आउन सकेन यती सानो र सुन्दर देश बनाउनको लागी । धेरै राजनैतिक नेतृत्वहरु फेरीए । अझैपनि फेरीने होडबाजीमा छन् ।

तर देशलाई निहालेर हेर्दा कही कतै यसको सन्चालन प्रणालीमा परिवर्तन भएको महशुस गर्न सकिदैन । ७ वटा प्रदेश, ७७ वटा जिल्ला तथा ७५३ वटा स्थानीय तहमा विभाजन गरेर राज्य संचालन गर्दापनी हाम्रा काम गर्नेशैली र यसको भित्री संचालनमा कुनै आधुनीकता र स्र्माट प्रणाली लागु गर्न सकिरहेका छैनौ । मानिस मानिस बीचको भेदभाव, समुह समुह बीचको खिचातानी, भनसुन र चाकरीबाजले कहिले पनी छुटकारा पाउन सकेको छैन । यती समय यो ठाउँमा काम गरेपछि स्वतः यो हुने । देश विकासको लागी यी यी कामहरु गर्यो भने राज्यबाट तिमी सम्मानित हुनेछौ भन्ने एउटा ईन्डीकेटरको विकास अहिले सम्म हामीले गर्न सकेनौ ।

आज सम्मपनि विभुषण र तक्मा पाउन चाकरी, भनसुन र सिफारिस नगरी काम गर्ने मान्छेलाई सम्मान मिल्दैन । सरकारी सेवा लीन जाँदा यो यो प्रकृया पुरागर्दा यती समयभीत्र यो काम हुने भन्ने सिस्टम कही कतै विकास भएको पाउन सकिन्न । ठेक्का प्रकृया पुरा गरीसकेपछि संझौताको मिति सम्ममा काम संपन्न हुन सकेन भने यस्तो सजाँय हुने भनिन्छ तर सजाँय हुँदैन । सजाँय हुुनु अगावै राजनैतिक संरक्षकबाट हस्तक्षेप भई हाल्छ । नियम र कानुन भन्दा पनि भनसुन र तोक आदेशमा निरही भएर बस्नु पर्ने वाध्यकारी समस्याको समाधान जुनसुकै सरकारी नेतृत्व आएपनि हामीले यसको अन्त्य र समाधान गर्न सकेनौ ।

राज्य व्यवस्था र राज्य संचालनको लागी नयाँ ढाँचा कोरियो । केन्द्रीकृत राज्य व्यवस्थालाई विकेन्द्रीत गरी सिहदरवारको जनताको अधिकारलाई गाउँ गाउँ सम्म पुर्याईयो । यो नेपाल र नेपाली जनताको लागी निकै ठुलो उपलब्धी हो । सायदै अब फेरी यसको अर्को बिकल्प पनि छैन होला । तर यो उपलब्धीमा हामीले स्वतन्त्र पूर्वक बोल्ने र अरुको आलोचना गर्ने भन्दा बाहेक अरु कुनै कुरामा विकास गर्न सकेनौ ।

व्यवस्था फेरी दियौ तर व्यवस्था हाँक्ने प्रणाली र पुरातन मानसिकतालाई फेर्न सकेनौ । त्यसैको फल स्वरुप यहाँ आ आफ्ना बिचारका साथ अभियान्ताहरुको जन्म भयो । कुनै ठाउँमा घटना घट्छ, राज्य भन्दा अगाडी राज्यको अनुमती बिना अभियान्ताहरुले गएर घटनाको चित्रण गर्न थाल्छन् । पिडकहरुलाई मलम पटिृ गर्न थाल्छन । राज्यबाट अलिकती गल्ती हुनु हुन्न । तथानाम गालीको ओहीरो लाग्न थाल्छ । राम्रो कामको पनि आलोचित बनाईन्छ । नराम्रो कामको पनि आलोचीत बनाईन्छ । जनता अन्यायमा पर्छन । न्याय दिने निकाय छैन भनिन्छ अनि अभियान्ताहरु मार्फत सरकार संग न्यायको भिक माग्नुपर्ने वाध्यताको सृजना हुन्छ । के यही हो त गणतन्त्रको मर्म र भावना ? के गणतन्त्र भनेको आफ्नो र समुहको अनुकुलताको लागी जे सुकैपनि गर्न मिल्ने पद्धती हो त ? जे पनि बोल्न र गर्न पाईने पद्धती हो त ? पक्ष र विपक्ष बिचको बहुमतले फैसला र निर्णय गर्ने प्रकृया नै गणतन्त्र हो त ? बहुमतले गलतलाई पनि सहि र सहिलाई पनि गलत भन्ने प्रकृया नै गणतन्त्र हो त ? एउटा कानुनी राज्यको स्थापना गर्न नसक्नुको परिणाम स्वरुप आम नागरिकको मनमा यी सारा प्रश्नहरु उत्पन्न भईरहेको छ । कानुनको भागीदार सबैजना हुनुपर्छ भन्ने सस्कारको विकाश गर्न नसक्नुको परिणाम स्वरुप समाजमा टिक्न र बाँच्नकै लागी भएपनि सहि लाई गलत र गलत लाई सहि भन्नुपर्ने अवस्थाको हामीले सृजना गररिहेका छौ ।

पंचायत शासनमा बोल्न पाईदैन थियो । अहिले बोल्न पाईन्छ ! जे बोले पनि पाईन्छ ! जे भनेपनि पाईन्छ ! तर त्यो बोलीको सुनुवाई हुन एउटा समुहको शक्ति चाहिन्छ । समुहको शक्तिबाट अगाडी बड्यो भने जुनसुकै कुरापनि हुन्छ तर राम्रो कुरा एकजनाले मात्र बोल्दा त्यो नराम्रो हुन्छ । आज मानिसमा बिशेष गरी हामी नेपालीहरुमा ईमान, जमान र धर्म हराएको छ । आफ्नो स्वार्थको लागी जस्तो सुकै मुल्य चुकाउन पनि हामी तयार हुने भएका छौ । यो परिस्थीतीले हामी कुन दिशातिर जाने हो त ? हामीले भावि पुस्ताको लागी कस्तो संस्कारको विकाश गर्ने हो त ? भरखरै शाखा अधिकृतमा पास गरेका एकजना भाईले भन्नु भयो, अब राम्रो ठाउँ हेरेर जाने हो । ५ वर्षमा एउटा घर बनाउनु पर्छ सर काठमाडौमा । भाईले यसो भनी रहंदा म उसलाई दोष दिन्न ।

दोष हिजो हामीले राष्ट्रप्रती गरेको हाम्रो स्वार्थपूर्ण कर्मलाई दिन्छु । भाईले हिजोका राष्ट्र सेवकहरुबाट त्यही सिके । एकजनाबाट मात्र हैन सबैजना बाट । पैसो कमाउन, यस आराम गर्न, जागीर खानुपर्ने रहेछ । त्यसमाथि पनि सरकारी । अनि बिचरा भाईलाई के को दोष । टुपी कसेर पढे, अब चाकरी गर्छन । राम्रो ठाउँमा जागीर खान्छन । देशको सेवा गर्छन । एकजना मात्र हरिषचन्द्र बनेर के हुन्छ ? यो कसले सिकायो ? यो संस्कार पनि एउटा गहन विषय बनेर रहेको छ नेपाली समाजमा । के यस्तै बिकृति, बिसंगती, भ्रस्टाचार, अन्याय, अत्याचार भयो, सबैलाई बराबर भएन, धनी झन झन धनी भए, गरिब झन झन गरिब भए भनेर राज संस्था फालेर गणतन्त्र ल्याएको हैन हामीले ।

निश्कर्ष

मानब विकाश क्रम, मान्छेको विकाश संग संगै उसले सृजना गरेको कला, संस्कृति, परंपरा, धर्म र ईतिहाँस देखि वर्तमान सम्म आईपुग्दा कुनै राष्ट्र अत्यधिक धनी र शिक्षित भएर अर्को ग्रहमा समेत अध्यन र अनुसन्धान गरि मानब बस्ती समेत बसाउने योजनामा लागी सके त कुनै राष्ट्र भने जहाँको त्यही आन्तरिक, कलह र झगडामै अल्झीरहेका छन भन्ने माथीको वाक्याम्सहरुमा मनको तितो पेखीरहदा यस लेखमा भन्न खेजिएको मुख्य कुरा नेपालको सन्दर्भमा सरकारको आलोचना गर्न खोजिएको पक्कै हैन । कुनैपनि प्रजातन्त्रीक मुलुकमा जनता नै सर्वोपरि हो । जनताले नै सरकार बनाउछ र जनताले नै सरकार फाल्छ । राजनैतिक, समाजिक हरेक क्षेत्रमा जनता आफैमा स्व चेनताको विकाश हुन प्रजातन्त्रको मुल मर्म हो ।

जनताले बनाएको सरकार आफैले नराम्रो काम गर्छ भने जनता स्वयम नै त्यसको भागीदार हुनुपर्छ । राजनैतिक चेतना भएका प्रजातान्त्रीक मुलुकका जनताहरुले कहिले पनि यो पार्टि र त्यो पार्टि भनेर पक्ष र विपक्षको भुमिका खेल्नु हुँदैन । बहुदलिय व्यवस्था प्रणालीमा पक्कैपनि कार्यकर्ता र सपोटरहरु हुनु स्वभाविक हो । तर त्यस्ता कार्यकर्ता र सपोटरहरुले आफ्नो गणले यदी गलत कार्य गर्यो या गर्न लाग्यो भने खबरदारी गर्नु र सच्याउने शक्तिको सृजना गर्नु चेतनशिल प्रजातन्त्रबादी कार्यकर्ताहरुको महान्ता हो । त्यो नै वास्तविक प्रजातन्त हो । त्यो नै जनताको राज्य हो ।

राज्य संचालन गर्न संविधान बनाईन्छ । संविधानलाई टेकेर ऐन, नियम, कानुन हरुको निर्माण गरिन्छ । त्यही ऐन, नियम र कानुनलाई मानेर राज्य संचालन गर्नु कुनैपनि प्रजातन्त्रीक मुलुकको मूल दायित्व र कर्तब्य हो । त्यसैबाट सिस्टमको विकाश हुन्छ । संविधान, ऐन, नियम र कानुन लाई कागजी दस्तावेजको रुपमा मात्र राखेर, त्यसलाई एकातिर पन्छाएर राज्य संचालन गर्ने व्यक्ति स्वय ऐन, कानुन बन्न लाग्यो भने त्यस तन्त्रलाई गणतन्त्र भनिदैन । त्यस्तो तन्त्रलाई एकतन्त्र भनिन्छ जुन नेपाली समाजले वर्षौ अघि भोगी सकेको छ ।

(लेखक विष्ट कैलाश गाउँपालिका मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

अशोक विष्ट
थप जानकारी