फोटो सौजन्यः आशिष अस्लामी मगर

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद एवं एमाले नेता महेश कुमार बर्तौलाले संघीय कृषि मन्त्रालय पुगेर वागमती प्रदेशका लागि रासायनिक मलको कोटा बढाउन आग्रह गरेका छन् । २६ मंसिरमा कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मासँग सिंहदरबारमा भेटेर बर्तौलाले यस्तो आग्रह गरेका हुन्।

बाली लगाउने समयमा मल नपाएको गुनासो मकवानपुरका किसानले गरेपछि बर्तौला कृषि मन्त्रालय पुगेका हुन्। किसानले तरकारी तथा अन्नबालीमा मल हाल्न नपाइरहेको समयमा तत्काल किसानकहाँ मल पु¥याउने वातावरण तयार गर्न आफू मन्त्रालय पुगेको उनले बताए। सचिबसंगको छलफलका क्रममा बर्तौलाले मकवानपुरमा थाहानगर, मनहरी गाउपालिका जस्ता स्थानिय संघीय राजधानीको प्रत्येक भान्छामा मकवानपुरको तरकारी पाक्ने गरेको भएपनि अहिले त्यहाँका किसानले मल पाउन नसकेको वताए । अहिले तरकारी खेतिको सिजन हुँदा पनि रासाइनिक र युरिया मलको अभाव हुँदा ठुलो समस्या भोग्नुपरेकाले समयमानै यसको व्यवास्थापन गर्नका लागि सचिब शर्मा समक्ष आग्रह गरे ।

भेटमा तरकारी खेती हुने र वार्षिक ३–४ बाली लाग्ने स्थानहरुमा मल कोटा बढाउनुपर्ने, तत्काल आवश्यक पर्ने स्थानहरु र केही महिनामा मात्रै बाली लाग्ने स्थानको पहिचान हुनुपर्ने र सोही आधारमा वैज्ञानिक मल वितरण प्रणाली स्थापना गर्नुपर्ने सांसद बर्तौलाले आग्रह गरे।

फोटो सौजन्यः आशिष अस्लामी मगर

फोटो सौजन्यः आशिष अस्लामी मगर

उनले अहिले भइरहेको टेन्डर प्रक्रियामा सुधार गर्नुपर्ने, प्रत्येक वर्षको नभै ५ वर्षको टेन्डर एकैपटक गर्नुपर्ने, प्रत्येक वर्षको टेन्डर गर्दा हप्ता दिनभित्रै गर्ने व्यवस्थापन गर्नु पर्ने र वागमती प्रदेशले पाउने मल अपुग भएको यसको मात्रा वृद्धि गर्न पनि आग्रह गरे। बर्तौलो सचिवसँग भेटपश्चात गठबन्धनको सरकार किसानको समस्याप्रति बेखवर र गैरजिम्मेवार भएको भन्दै प्रधामन्त्री को बन्ने भन्नेमा लुछाचुडीमा मात्रै नलागी रासायनिक मलको समस्यालाई समाधान गर्न माग गरे।

नेपालले ल्याउने मलको १२ प्रतिशत मात्रै बागमती प्रदेसले पाउने गरेको र त्यसबाट मकवानपुरले पाउने गरेको थोरै मलबाट खेती गर्न समस्या भएको सांसद बतौृलाको भनाइ थियो । मन्त्रालयले खेतिको समयमा खेती नहुने जिल्ला वा प्रदेशले पाउने गरेको मलबाट मकवानपुर मल पठाउन र मलको अभाव परिपुर्ति गर्न आग्रह गरे । थाहा नगरपालिकाका स्थानीय डाक्टर रामहरी लामिछानेले मकवानपुरका जनताको जिवनस्तर खेतीमा निर्भर रहेको र सरकारले मकवानपुरलाई छुटाइएको कोटा उत्पादन र खेतिको आधारमा अपुग रहेको वताए । छलफलका क्रममा कृषि सचिव डाक्टर गोविन्द प्रसाद शर्माले मलको खरिद अहिले जि टु जि प्रकृया मार्फत खरिद भएर भारतबाट आउने खरिद गर्दा बार्षिक खरिद प्रक्रिया अगाडि बढाउदा बढाउदै ढिला हुने समस्या रहेको वताए । यस अघिका सचिबले मल ल्याउन सकेन भनेर हात उठाएर बस्ने गरेको तर आफू निरन्तर मल ल्याउन लागि परेको बताए ।

वर्तौलाले यसअघि बागमती प्रदेशको कृषि तथा पशुपंछी मन्त्रालयमा पनि रासायनिक मल नियमित किसानकहाँ पुग्ने वातावरण बनाउन भनेका थिए । उनी हेटौंडाको साल्टट्रेनिङ, कृषि सामाग्री कम्पनि लिमिटेडलाई पनि मल किसानको पहुँचमा पु¥याउन निर्देशन दिएका थिए ।

पालिका प्रेस
थप जानकारी