५ दिनसम्म तालिम लिएपछि तालिमकै बीचमा सिकेका सीपकाे प्रयाेग गरेर महिलाहरुले बनाएकाे अचार अगाडि चाङ लगाएर राखिएकाे थियाे । मेथी, मूला, गाँजर, अमला लगायतकाे छुट्टाछुट्टै र मिक्स अचार प्लास्टिककाे बट्टामा प्रष्टै देखिन्थ्यो । तालिममा के सिकियाे भन्नेबारे साेध्नै नपर्नेगरी अगाडि नै परिणाम देख्दा उपप्रमुख भरत गाेपाली जति दंग थिए, अचार बनाउने एकजना पुरुषसहित ७ जना महिलाहरु उत्तिकै खुशी थिए ।

थाहा नगरपालिका लघुउद्यम विकास कार्यक्रमले थाहा नगरपालिका-३ का लक्षित समूहलाई उनीहरुकै राेजाइमा अचार बनाउने तालिम दिएकाे हाे । तालिमपछि महिलाहरुले बनाएकाे अचार चाखेर सेवनकर्ताहरुले निकै स्वादिलाे र जिभ्राेमै झुन्डिने किसिमकाे रहेकाे प्रतिक्रिया दिएका छन् । तालिम समापनमा प्रमुख अतिथि रहेका नगर उपप्रमुख भरत गाेपालीले स्थानीय समूहले उत्पादन गरेकाे अचार निकै उत्कृष्ट रहेकाे बताए ।

तालिम लिएपछि महिलाहरु त्यतिकै राेकिएका छैनन् । अचार बनाउने कार्य जारी छ । उत्पादन अनुसार बजारकाे अभाव नहुने उनीहरुकाे विश्वास छ । उच्च प्रेसरका विरामीहरुका लागि मेथीकाे अचार लाभदायक हुने थाहा पाएपछि प्रेसरका विरामीहरुले अर्डर गर्न थालेकाे नमुना लघुउद्यमी समूहका राधिका कार्कीले बताइन् ।

अचारबाटै आम्दानी गर्न थालेर व्यवसायी बने नगरपालिकाकाे लघुउद्यम शाखाबाट थप सहयाेग हुने वचन पाएपछि महिलाहरु उत्साहित भएका छन् । ‘बजारकाे लागि हामी सहयाेग गर्छाैँ, तपाइँहरु कस्सिनुस्’ उपप्रमुख गाेपालीले भनिरहँदा महिलाहरुले खुशीमा ताली पिटेका थिए ।

थाहा-३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले लघु उद्यमीहरुका लागि वडा कार्यालय सँधै साथमा रहेकाे बताए । ‘वडाका महिलाहरुलाई स्वराेजगार बनाउन सके हाम्राे उपलब्धि त्यही हाे, त्यसैले हामी भाैतिक पूरर्वाधार मात्र विकास हाे भन्दैनाैँ, हाम्राे लक्ष्य आत्मनिर्भरता हाे’ रायमाझीले थपे । वडा अध्यक्षसँगै वडा सदस्य पवित्रा ठकुरी कार्की र कृष्णकुमार कार्कीले पनि महिलाहरुकाे सीप र उत्साहकाे प्रशंसा गरे ।

समूहलाई कपिलवस्तुबाट आएर चन्द्रावति थारुले अचार बनाउने तालिम दिएकी थिइन् । थाहा नगरपालिकाका लघुउद्यम सहजकर्ताद्वय दीक्षा पाण्डे र सुनिता बुढाले तालिमकाे वातावरण मिलाएका थिए ।

यस वर्ष थाहा नगरपालिकाकाे वडा नम्बर ३ र ४ मा लघुउद्यम विकास कार्यक्रम संचालन भइरहेकाे नगरपालिकाका लघुउद्यम विकास कार्यक्रम अधिकृत कुमार नेगीले बताए । थाहा-३ मा पाँच समूहमा आवद्ध भएर महिलाहरु उद्यम तथा सीप विकास कार्यक्रममा सहभागी भइरहेका छन् ।

पालिका प्रेस
थप जानकारी