मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा कार्यालयको भवन उद्घाटन भएको छ । बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा बानियाँले वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा वडाका काम कारबाही सम्पादन गर्न सहज एवम् व्यवस्थित हुने बताए ।

उनले सो भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुने विश्वास व्यक्त गरे । बानियाँले मनहरीको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईं, कृषि तथा पशुपालनलगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट विगतमा पनि प्राथमिकताका साथ बजेट विनियोजन भएको बताउँदै आगामी आर्थिक वर्षमा पनि प्राथमिकता दिइने बताए ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाबाट भएका कार्य सम्पादनबारे जानकारी गराउँदै प्रदेश सांसद् बानियाँको पहलमा मनहरीको विकासका लागि भएका पहलका लागि धन्यवाद दिए । पर्ता मकरीमा निमा

पालिका प्रेस
थप जानकारी