मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले संघीय कानूनको परिधिभित्र रहेर कर्मचारीहरुको सेवाशर्त कायम हुनुपर्नेमा फरक किसिमबाट सुविधा दिइएको पाइएको छ । आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर्मचारीलाई दिइएको सञ्चार सुविधामा मितव्ययिता अपनाउन महालेखाले सुझाव दिएको छ ।

इन्द्रसरोवर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई मासिक ३ हजार सञ्चार सुविधा दिइएको छ । त्यस्तै अधिकृतस्तर शाखा प्रमुख, अधिकृतस्तर प्राविधिक कर्मचारी र सहायकस्तर इकाइ प्रमुखलाई मासिक १÷१ हजार, वडा सचिवलाई मासिक ५ सय, स्वास्थ्य चौकी इन्चार्जलाई मासिक ३ सय र अन्य कर्मचारीहरुलाई मासिक ३ सय सञ्चार सुविधा दिने गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८६ मा स्थानीय सेवा शर्त तथा सुविधा सम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड संघीय कानुन बमोजिम हुने उल्लेख छ । त्यस्तै दफा ८८ मा स्थानीय सेवाका कर्मचारीहरुले तोके बमोजिम हुने व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी