मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलाद कार्की सरुवा भएका छन् । उनलाई ९ कार्तिकमा एक कार्यक्रमकाबीच पालिकाले विदाइ गरेको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी तथा उपाध्यक्ष उमा कुमारी लामाको विशेष उपस्थितीमा विदाइ गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत कार्की भरतपुर महानगरपालिका सरुवा भएका हुन् । उनी भरतपुरमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका हैनन् । कार्कीले भरतपुरमा कुनै शाखामा रहेर कार्यसम्पादन गर्नेछन् ।
करिब २ वर्ष प्रमुख प्रशासकीय अधिकृत भएर इन्द्रसरोवरमा काम गरेका कार्की गत ३१ भाद्रमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय वा अन्तर्गत रहने गरी सरुवा भएका थिए । सरुवा भएपनि कार्कीले इन्द्रसरोवरमै काम गर्दै आएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवा विवरण अनुसार कार्की भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय वा अन्तर्गतबाट भरतपुर महानगरपालिका चितवन सरुवा भएका छन् ।
यसैबीच इन्द्रसरोवर गाउँपालिकामा उमाकुण्ड गाउँपालिका रामेछापबाट रामचन्द्र लामा सरुवा भई आएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको सरुवा सम्बन्धी विवरणः
प्रतिक्रिया दिनुहोस्