बागमती प्रदेशमा एकै दिन ८१ हजार २ सय ६४ बाख्राहरुमा पिपिआर रोग विरुद्धको खोप लगाइएको छ। पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत पहिलो दिन मंगलबार बागमती प्रदेशभर जम्मा ८१२६४ बाख्राहरुमा पिपिआर रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
जसमध्ये काभ्रेपलान्चोकमा ५५९४, ललितपुरमा १७९०, काठमाडौँमा ३४६४, भक्तपुरमा ९६८, दोलखामा ९४६९ वटा बाख्राहरुमा खोप लगाएको छ । यस्तै सिन्धुपाल्चोक९२०, सिन्धुली १५४००, रामेछाप १२०००, मकवानपुर १०९११, चितवन २७४०, नुवाकोट १०८९७, रसुवा २८३१ र धादिङमा ४२८० बाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाइएको हो । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत प्रदेशभित्रको सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
खोप अभियान यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म संचालन हुनेछ । प्रदेश सरकारले २४ लाख भन्दा बढी भेडाबाख्रालाई निःशुल्क रूपमा पिपिआर रोग विरुद्धको खोप लगाइन सुरु गरेको हो । बागमती प्रदेशमा नै पहिलो पटक सञ्चालन हुन लागेको पिपिआर विरुद्धको खोप अभियानका लागि १३ वटा जिल्लाका सबै स्थानीय तहमा गरी कुल १ हजार १३७ वटा खोप केन्द्र तोकेर ४६० जना भ्याक्सिनेटर समेत नियुक्त गरेको छ ।
संघीय सशर्त अनुदानमार्फत प्राप्त ११ लाख ९० हजार डोज पिपिआर विरुद्धको खोप एवं कुल १ करोड १९ लाख रुपैयाँ बजेटबाट प्रदेशभरका कृषकहरूले पालेका भेडा बाख्रामा लगाइने छ । मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६र७७ मा बागमती प्रदेशमा ९३ हजार ६३९ भेडा र २३ लाख ५१ हजार बाख्रा रहेका थिए ।
भेडाबाख्रामा लाग्ने पिपिआर रोग के हो ?
पि.पि.आर. (Peste Des Petitis Ruminants) बाखाहरूमा लाग्ने रोगहरू मध्य अत्यन्त घातक रोग हो । पि.पि.आर. रोग सन १९४२ मा पहिलो पटक आइभरी कोष्टमा देखा परेको थियो । त्यसपछि सेनेगल, घाना, टोगो वेनिन तथा नाइजेरियामा देखापर्दै हाल अफ्रिका एसिया र मध्यपूर्वका विभिन्न देशमा फैलिसकेको छ । नेपालमा यो रोग पहिलो पटक २०५२ सालको जेष्ठ महिनामा पूर्वी तराई भेकका सलाही, धनुषा, बारा पर्सा र रौतहटमा देखापरेको थियो । यो रोग मलमुत्र, खानपान र लसपसबाट सर्ने रोग भएकोले देशको अन्य भागमा समेत फैलिने क्रममा २०५३ सालमा पोखरा र आसपासका क्षेत्र, २०५५ सालमा तनहुँको रामकोट, बन्दिपुर र काठमाण्डौंको सुन्दरीजलमा देखापरेको थियो ।
रोगको कारणः
बाखामा पि पि.आर. रोग मोरविली जातको सुक्ष्म विपाणबाट लाग्छ र यसले बाखाको शरीर भित्रका लिम्फोइड टिस्यू र आन्द्राको बाहिरी – सतह (इपिथेलियम) मा नराम्रो असर पार्दछ । रोग सर्ने तरिका: यो रोग नयाँ क्षेत्रहरूमा फैलिएमा लगभग १००% सम्म भेडाबाख्राहरू रोगी भै मर्न सक्छन । सबै उमेरका बाख्राहरूमा यो रोग लाग्ने भएपनि ३ महिनादेखि १ वर्षका बाखाहरूमा बढि असर गर्दछ । तीन महिना भन्दा कम उमेरका पाठापाठीहरूमा पनि यसले असर गर्न सक्छ तर पहिलो रोग लागिसकेका बथानहरूमा र माउको विगौतीबाट पाएको रोग प्रतिरोधात्मक शक्तिले ३ महिना सम्म जोगाउन सक्छ । रोग लागेर निको भइसकेका बाखाहरूमा जीवनभर पुनः यो रोग लाग्दैन । पि.पि. आर. रोग माहामारीको रूपमा फैलिने रोग हो । यो विरामी ‘पशुको न्याल, सिंगान र मलमुत्रबाट सर्दछ । रोगी पशुले खोक्दा या हाच्छिउँ गर्दा विषाणहरू हावाको माध्यमबाट पनि निरोगी पशुहरुमा सर्दछन् ।
रोगको असर:
पि.पि.आर. ले मुख्यरूपमा आहारनली र श्वास-प्रश्वासका अङगहरूमा असर गर्दछ र यी अंगहरूको भित्री सतहलाई नोक्सान पुयाउँछ । जसले गर्दा बाखाहरूमा छरौटी लाग्ने, निमोनिया हुने तथा ज्वारो आउने र शरीरको रोगप्रतिरोधक क्षमता कम हुन गई मर्न सक्दछन् ।
रोगका लक्षणहरु
१. सुरुमा १०५ देखि १०७ डिग्री फरेन्हाइट सम्म ज्वरो आउने ।
२. झोक्राएर बस्ने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने र उग्राउने बन्द हुन्छ।
३. लक्षण देखिएको ३ देखि ४ दिन पछि नाकबाट पानी तथा पिप बग्ने, नाक, मुख गिजा, जिब्रो ओठ आदिम खटिरा निस्कने र पछि खटिरा फुटी माशु मर्ने हुने ।
४. आँखाबाट बगेको पातलो पदार्थ पछि बाक्लो हुने फलस्वरुप आँखाका परेला आपसमा टाँसिने, बाक्लो सिंगान आउने, पातलो, कालो छेर्ने हुन्छ ।
५. दिसामा पछि खकार मिसिएको जस्तो देखिने, शरिर मा पानी को कमी हुने, तापक्रम घट्दै जाने, गिँजामा चोकर दले जस्तो हुने र अन्त्यमा निमोनिया भई ५ देखि १० दिन भित्रमा मर्दछ ।
रोग निदान (Disease Diagnosis)
– लक्षणहरूको आधारमा तथा पोष्टमार्टमको नतिजाबाट ।
– बिरामीबाट लिएका स्याम्पलहरूको प्रयोशाला परीक्षणबाट ।
रोगको उपचार:
पि.पि.आर. रोग विषाणुबाट (Virus) हुने रोग भएकोले खास उपचार छैन तर केहि पन्टिवायोटिक औषधीहरको प्रयोगले (सपोर्टिभ थेरापी) केहि प्रतिशत बाख्राहरुलाई बचाउन सकिन्छ । विरामी बाखालाई रोगको लक्षण देखाउने वित्तिकै निम्न अनुसारको उपचार गर्नु पर्दछ ।
– छेरेको रोक्नन नेब्लोन सल्फाबोलस (डुवाप्रिम, कोट्रिमोक्स)।
– रूचि बढाउन (रूचामेक्स, रूमेन एफ.एस, बोलस, रूम्बीयन, बोलस. बायो टोन प्लस बोलस, एम्वीप्लेक्स आदि ।
-ऐरोटीले शरीरमा पानी कम हुनाले बढी मात्रामा पानी खुवाउने र धेरै कमजोर बिरामीलाई नर्मल सलाइन, डेक्स्ट्रोज वा रिंगर ल्याक्टेट अवस्था हेरी नसाबाट सुई दिने ।
– किटाणको आक्रमण रोक्न फराकिलो क्षेत्र भएका एन्टिवायोटिक औषधीहरूको प्रयोग गर्ने ।
पि.पि.आर. रोगको रोकथाम:
रोग लागेपछि उपचार गाहो हुनाले बर्षको एकपटक पि.पि.आर. रोगको खोप लगाउन पर्छ । हाल यो रोग विरुद्धको खोप नेपालमै उत्पादन हुन्छ । यो खोप ३ महिना भन्दामाथिका पाठापाठीहरूलाई दिन सकिनछ। वर्षायाम सुरु हुनुभन्दा अगाडी (चत्र, बैशाख) खोप लगाउँदा राम्रो
पि.पि.आर. रोगको रोकथामका लागि निमन व्यवस्थापनका कार्यहरूलाई ध्यान दिनुपर्दछ ।
– कुनै बाख्रालाई पि.पि.आर को शंका हुने वित्तिकै बथानबाट अलग राख्न पर्दछ र निरोगी बाखामा लसपस गराउन हुदैन ।
– रोगी बाखा राखेको ठाउँमा राम्रोसँग सफा गरी विषादी (Disinfectant) का साथ चुना छर्कन पर्छ ।
– दानापानीका भाँडा राम्रोसंग सफागरी प्रयोगमा ल्याउनुपर्छ ।
– रोगी बाखाको खोरमा काम गर्ने मानिसले हातखुट्रा साबुन पानीले राम्रोसंग धुन पर्छ तथा चुनामा टकर मात्र खोरमा पस्ने तथा अन्त जाने गर्नु पर्दछ ।
– मरेका बाखाहरूलाई स्याल कुकुर आदिले खान नसक्ने गरी खाडलमा पुर्ने तथा जलाउने गर्नुपर्दछ ।
– ‘बाहिरबाट ल्याएका बाखाहरूलाई खोप लगाउन नितान्त जरूरी हन्छ र यसरी ल्याएका बाखाहरूलाई खोप लगाई कम्तीमा २१ दिनसम्म बथानमा नमिसाई अलग्गै राख्नु पर्दछ ।
– छेरौटीको कारणले शक्ति छिट्टै नाश हुने हुनाले विरामीको आहारामा राम्रो ध्यान दिनुपर्दछ ।
रोग नियन्त्रणमा कृषकको दायित्व :
– आफनो क्षेत्रमा पि.पि.आर. रोग लागेको देख्नासाथ निरोगी बाखाहरूलाई तुरून्त पि.पि.आर. विरूद्धको खोप लगाउने ।
‘पि.पि.आर. रोग वा अन्य छरौटी रोग हो यकिन गर्नका लागि ‘आफनो नजिकको जिल्ला पशु सेवा कार्यालय, कृषि अनुसन्धान केन्द्र क्षेत्रीय रोग अन्वेषण प्रयोगशाला, पशु स्वास्थ्य महाशाखामा। जति सक्दो छिटो खबर गर्नुपर्दछ ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्