
आज (फेब्रुअरी ४) विश्व क्यान्सर दिवस । यो पटकको क्यान्सर दिवसको नारा ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ भन्ने छ । पछिल्लो समय विश्वभर नसर्ने रोगको भार बढ्दै छ । विश्वको कुल मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा छ । सन् २०२२ को एक अध्ययनले विश्वभर करिब दुई करोड क्यान्सरपीडित रहेका देखाएको छ । जसमध्ये ९७ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।
नेपालमा फोक्सो, स्तन र पाठेघरका क्यान्सरपीडित छन् । त्यस्तै बालबालकिामा ब्लड क्यान्सर, ग्ल्याड क्यान्सर र सार्को क्यान्सर सबैभन्दा धेरै देखिएको डा. शर्मा बताउँछन् । ‘महिलामा भने पाठेघरको क्यान्सर एक नम्बरमा छ । दोस्रोमा ब्रेस्ट क्यान्सर र तेस्रोमा पेटको क्यान्सर छ,’ उनले भने, ‘पुरुषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ । प्रोस्टेट क्यान्सर, मुखको वरिपरि हुने क्यान्सर र त्यसपछि ब्लड क्यान्सर बढी भएको पाइएको छ ।’
नेपालमा पुरुष र महिलामा हुने क्यान्सरको अवस्थाः
प्रतिक्रिया दिनुहोस्