
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकका निर्णयमा सरकारले नयाँ मालपोत तथा नापी कार्यालयस्वीकृत देखि अस्थाई दरबन्दी सिर्जनाका लागि अनुमति दिने निर्णय गरेको हो ।
उनले सार्वजनिक गरेको निर्याय अनुसार वीरगञ्जको पोखरिया, कपिलबस्तुको बोडगाउँ र जुम्लाको नराकोट सिँजामा नयाँ मालपोत तथा नापी कार्यालयहरु स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ ।
यस्तै, २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरभित्रका सम्बन्धित मुद्दाको काम कारवाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गरिने बताए ।
यस्तै बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि आगामी २०८२ असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्