नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले कुलेखानी जलविद्युत आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई मुआब्जा दिएर स्थानान्तरण गर्नु पर्ने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको शून्य समयमा बोल्दै उनले लापरबाही तरिकाले एकै पटक बाधको सबै ढोका खोल्ने कर्मचारीलाई पनि कारबाही गर्नु पर्ने बताए ।

बर्तौलाले भने, ‘गएको असौज ११ र १२ गत परेको अबिर वर्षका कारण मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा ठूलो क्षति भयो । कुलेखानी जलविद्युत आयोजने बाध भरिन लागेपछि तल्लो तटीय क्षेत्रलाई थोरै पनि ख्याल नगरी लपरवाही तरीकाले एकै पटक बाधका ढोकाहरु खोल्यो । एकै पटक ढोका खोल्दा इन्द्रसरोबर गाउँपालिकाको हेवी, ठूला चौर, ज्यामिरे, सिम्ले फाट र सिस्नेरीको सडक, बस्ती, प्रहरी चौकी, सिँचाइ, खानेपानी लगायत विभिन्न संरचनामा ठूलो क्षेत्री भएको छ । ६ जना बाल खेलाडीको मूत्यु समेत भएको थियो ।’

प्राधिकरणको तर्फबाट बाधका ढोका खोल्दा लापबही गर्नेलाई कारबाही गर्नु पर्छ । क्षति ग्रत संरचनाको निर्माण गर्नु गर्नु पर्यो । जोखिमको दिर्गकालिन समाधान गर्न तल्लो तटीय क्षेत्रमा आवश्यक मुआब्जा उपलब्ध गराइ खेत, बारी र बस्तीलाई स्थानान्तरण गर्न सरकारसँग बर्तौलाले माग गरेका छन् ।

पालिका प्रेस
थप जानकारी