नेपाल सरकारका दुई सचिवले सरुवाको पत्र बुझेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कुमार अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका अर्जुन पोखरेलले सामान्यका लागि पत्र बुझेका हुन् ।

करिब दुई साता अघिको निर्णय भनिए पनि दुवै सचिवले सरुवा भएको पत्र भने ५ भाद्रमा मात्रै बुझेका छन् । अधिकारीको यसअघि नै पर्यटन मन्त्रालयमा सरुवा हुने भनिएपनि मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले छोड्न नमानेकोले ढिलाइ भईरहेको थियो । नाइँ भन्न नसक्ने स्वभावका कारण सहजै काम गराउन सकिने भएपछि सरल र भद्र सचिव अधिकारीलाई रोक्न मन्त्री श्रेष्ठले अन्तिम अवस्थासम्म पनि निकै प्रयास गरेका थिए ।

पछिल्लो समय अधिकारीले थप बस्न देखाएको अनिच्छा र ठुलै शक्ति सङ्घर्ष पछि उनी सामान्य जालोबाट फुत्किन सफल भए भने सामान्यका लागि पनि निकै सचिवहरूको प्रयासपछि ‘शक्तिकेन्द्रको मिलान’ले गर्दा टुङ्गो लाग्न उति नै समय लागेको थियो ।

साउन १९ गते मात्रै पर्यटन र अर्थ खाली राखेर सरकारले आधा दर्जन जति सचिवको सरुवा मिलाएको थियो

पालिका प्रेस
थप जानकारी