धादिङको रुवीभ्याली गाउँपालिका पूर्व सूचना प्रविधि अधिकृत बिपिन तामाङ वेबसाइटबाट सबै डाटा उडाएर फरार भएका छन् ।

करार सेवाबाट हटाएपछि तामाङले बुधबार बिहान करिव २/३ बजेको समयमा गाउँपालिकाको सम्पूर्ण वेबसाइट उडाएर सम्पर्क विहीन भएका हुन् ।  कार्यसम्पादन कमजोर भएकाले साउनबाट करार थप नगरेको र करार सेवा थप नगरेको कारण पूर्वाधारको हानी नोक्सानी गरेको हुन सक्ने गाउँपालिका स्रोतले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत नवीन कुमार गोलेले प्रशासनलाई दिएको जानकारी अनुसार तामाङले वेबसाईटसंगै फेसबुक पेजमा पनि अमुक पार्टीको लोगो रोखेका छन् । राजनीतिक आग्रह पूर्वाग्रह राखेर यो गलत कदम उठाएको हुन सक्ने उनको अनुमान छ । गाउँपालिकामा कार्यरत हुँदा पनि तामाङ नियमित कार्यालयमा समेत नहुने गरेको पाइएको उनले बताए ।

हार्डकिस्क रिकभर हुन्छ या हुँदैन भन्ने विषयमा विज्ञहरूसँग छलफल भइरहेको प्रमुख प्रशसकिय अधिकृत गोलेले बताए ।  उनको मोबाइल अफ छ ।

पालिका प्रेस
थप जानकारी