चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले भदौ २२ गते बागमती प्रदेशको धादिङ सहित चितवन र मकवानपुर जिल्लामा पनि सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सरकारको गत चैत्र ९ गतेको निर्णय अनुसार न्वागीको अवसरमा विदा दिइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।