संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० भाद्रमा स्थानीय तहमा कार्यरत ७८४ कर्मचारीको अन्तरस्थानीय तह कामकाज सरुवा गरेको छ । मन्त्रालयले सरुवा सूचना भने २२ भाद्रमा मात्र सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भइ स्थायी नियुक्ति लिएका भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ का आधारमा टेकेर ती कर्मचारीहरुलाई अन्तरस्थानीय तह कामकाजका लागि खटाइएको सामान्य प्रशासनले जनाएको छ ।

गत स्थानीय तहको निर्वाचन समाप्ती लगतै सामान्यले अन्तरस्थानीय तह सरुवा हुन चाहने कर्मचारीहरुसँग दोहोरो सहमती जुटाएर निवेदन पेश गर्न आह्वान गरेको थियो । संघ र प्रदेशको निर्वाचनका लागि आचारसंहिता लाग्नु अघि अर्थात २० भदौं साँझ ५ बजेसम्म इमेल वा भौतिक उपस्थितीमै मन्त्रालयमा प्राप्त भएका निवेदनहरुका आधारमा मापदण्ड पुगेका ७८४ कर्मचारीलाई एकै पटक कामकाजका लागि मन्त्रालयले अन्तरस्थानीय तह खटाएको हो ।

जसअनुसार ४७ निवेदनका हकमा भने मापदण्ड नपुगेको कारण सरुवा गर्न नसकिएको मन्त्रालयले स्पष्ट पारेको छ । सरुवा सहमतिमा प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख अर्थात अध्यक्षको हस्ताक्षर नभएको,शर्त सहितको र दोहोरो सहमति कायम नभएको र पिआइएस अद्यावद्यिक नभएका कारण ४७ वटा निवेदन कैफियतको सूचीमा राखिएको छ ।

हेर्नुहोस् नामावलीः

 

पालिका प्रेस
थप जानकारी