मकवानपुरको बागमती गाउँपालिकाले १५ र १६ फागुनमा दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले १४ फागुनमा एक सूचना जारी गर्दै फागुन १५ १६ गते दुई दिने जानकारी गराएको हो ।

गाउँपालिकाको १४ फागुनमा बसेको कार्यपालिका बैठकले मगर समुदायको ४१ औँ स्थापना दिवस र१६ फागुनमा परेको माझी समुदायको मौलिक पर्व लदी (कोशी पूजा) पर्वको अवसरमा बिदा दिने निर्णय गरेको जनाईएको छ ।

प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानद्धारा जारी सूचनामा उक्त विदामा पालिकाको अत्यावश्यकीय सेवा बाहेक पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्था बन्द रहने उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी