हेटौंडा उपमहानगरपालिकाले ५५ औं स्थापाना दिवस विविध कार्यक्रमकासाथ मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर बेदुराम भुषालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको अवसरमा डाक्टर भुसालले हेटौंडा उपमहानगर मुलुकको विकास गर्ने पालिकामध्ये एक रहेको बताउँदै आगामी निर्वाचनमा हेटौंडा उपमनगर पालिकाबाट महानगरपालिकामा परिणतको शुभकामना दिए ।

स्थापना दिवसका अवसरमा बिभिन्न सम्मान तथा प्रगति पुस्तिकाको बिमोचन सहित कार्यक्रम गरिएको छ । सो अवसरमा उपमहानगरक्षेत्र भित्र रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्ति, सस्थालाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगर पालिका नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरले समानुपातिका विकासमा जोड दिएको बताइन् ।

उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयमसेवीका, टोलविकास संस्था, बालसमूह र जग्गादातालाई सम्मान गरेको हो । स्थापना दिवसका अवसरमा बिभिन्न बिधामा कर्मचारीलाई सम्मान गरिएको छ । उपमहानगर पालिकाले पत्रकार सुनिता विष्ट, निशा गुरुङ, अमृत चिमरिया, गणेश दुलाल र भावना रिजाललाई छापा तथा विद्युतीय माध्यममा उपमहानगरका समाचारलाई प्राथमिकता दिएकोले सम्मान गरिएको हो ।

कार्यक्रममा उपमहानगर पालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, नेपाली कांग्रेस मकवाानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपसचिव सीता विष्ट, नेकपा माओवादी केन्द्रका सागर बानियाँ, नेकपा एकीकृत समाजवादी अध्यक्ष विष्णुप्रसाद दाहाल, जनता समाजवादी पार्टीका सोमबहादुर घलान, नगरस्तरीय बालसञ्जाल सचिव प्रकृति भण्डारीलगायतले बोलेका थिए ।

पालिका प्रेस
थप जानकारी