सात जना सहसचिवहरूको जिम्मेवारी तोकिएको छ । विभिन्न निकायबाट तानेर अतिरिक्त(बरन्डा)मा राखिएका सहसचिवहरूलाई कामकाजमा खटाइएको हो । आधा दर्जन बढी सहसचिवहरूलाई जिम्मेवारीबाट तानेर बरन्डामा राखिएको सहसचिवहरूलाई जिम्मेवारी तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले कामकाजमा खटाएका हुन् ।

प्राप्त जानकारी अनुसार सहसचिव जगदीश्वर कर्माचार्यलाई जल तथा ऊर्जा आयोगको सचिवालय, मित्र बराललाई जलस्रोत तथा सिँचाई विभाग, नवीनचन्द्र अधिकारीलाई काली गण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनामा कामकाजका लागि खटाइएको छ ।

यसैगरी सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका वासुदेव तिमल्सिनालाई जलस्रोत तथा सिँचाइ विभाग, गोपाल शर्मालाई सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना, टिकाराम बरालाई विभागमा पठाएर पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा कामकाज र चूर्ण बहादुर वलीलाई मन्त्रालयमा कामकाज गर्न खटाइएको छ ।

पछिल्लो समय कर्मचारी व्यवस्थापनमा चलखेल गरेको भन्दै ऊर्जा मन्त्री खड्काको मन्त्रालयकै कर्मचारीहरूबाट आलोचना हुँदै आएको छ । पछिल्लो समय विशेष गरी आयोजना प्रमुखहरूलाई बिना कारण मन्त्रालय तानेर निमित्तहरूबाट काम गराएको आरोप उनीमाथि लागेको छ ।

पालिका प्रेस
थप जानकारी