तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले आफ्नो पारिश्रमिकबाछ १४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

५८औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई जनही ४ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेका हुन् ।

खाँणले निर्वाचन घोषणापत्रमा आफूले पाउने सेवा सुविधालाई छात्रवृत्ति वितरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

पालिका प्रेस
थप जानकारी