नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल)ले बागमती गाउँपालिकाभित्र रहेका पसलहरुमा अनुगमन गर्न ध्यानाकर्षण गराएको छ ।

बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलानलाई शुक्रबार वाइसिएलले स्थानीय क्षेत्र पसलहरुमा चाड पर्व लक्षित अनुगमन गर्न ध्यानाकर्षण गराएको हो । पसलहरुमा उपभोग्य बस्तुहरु म्याद नाघेको भेटिएको, मूल्य सूचि नराखी बेचेको तथा सरसफाईमा समेत ध्यान नदिई उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुँदा पनि गाउँपालिकाले अनुगमनमा ध्यान नदिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको वाईसिएल बागमतीका अध्यक्ष मुक्ति लामाले बताए ।

चाडपर्वको समयमा उपभोक्ताहरु ठगिने भएकोले समयमै अनुगमनलाई तीव्रता दिएर नागरिकलाई सहजता प्रदान गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको लामाले बताए । गाउँपालिका अध्यक्ष घलानलाई ध्यानकर्षण पत्र बुझाउँदै चाडपर्व नजिकिएकोले छिटोभन्दा छिटो अनुगमनलाई तीव्रता दिन लामाले अनुरोध गरे । गाउँपालिका अध्यक्ष घलानले यस विषयमा गाउँपालिका लागिपर्ने र बजार व्यवस्थित गरी उपभोग्य वस्तु मात्रै बिक्री गर्न लगाइने बताए । वाइसिएलको उचित सुझावप्रति गाउँपालिका गम्भिरताका साथ लाग्ने अध्यक्ष घलानले बताए ।

पालिका प्रेस
थप जानकारी