मनहरी गाउँपालिकाका प्रमुख इन्जिनियर अभिषेक पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । लामो समयदेखि मनहरी गाउँपालिकामा कार्यरत पाण्डेले दिएको राजीनामा मनहरी गाउँपालिकाले स्वीकृत गरेको हो।

व्यक्तिगत कारण देखाउँदै पाण्डेले सेवाबाट राजीनामा दिनु भएको र गाउँ कार्यपालिकाको बैठकले राजीनामा स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए । स्रोतका अनुसार इन्जिनियर पाण्डे छिट्टै अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ।

त्यसैगरी मनहरी गाउँपालिकाकी लेखा अधिकृत संगिता अधिकारीको विदा पनि कार्यपालिका बैठकले स्वीकृत गरेको छ । उहाँले १ बर्षका लागि बिदा लिनका लागि गाउँपालिकासँग अनुमति माग गरेकी थिइन्। कार्यपालिका बैठकले मनहरी गाउँपालिकाको भूमि बर्गीकरण लगायतका कामहरुलाई व्यवस्थित गरेर लैजाने लगायतका निर्णयहरु गरेको जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी