जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूले जिल्ला तथा कार्यक्षेत्र छोड्न पूर्व स्वीकृति लिनु पर्ने भएको छ । मनलाग्दी बिदा लिने तथा जानकारी बिना नै जिल्ला तथा कार्यक्षेत्र छोड्न थालेसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनिवार्य पूर्व स्वीकृति लिन परिपत्र गरेको हो ।

आफू खुसी कार्यक्षेत्र छोड्दा सेवा प्रवाहमा अफ्ठेरो परेको गुनासो पछि मन्त्रालयले यस्तो निर्णय गरेको उपसचिव रविन्द्रजङ्ग थापाले जानकारी दिए । को कहाँ गए भनेर जानकारीसमेत नहुने अवस्था पछि मन्त्रालयले यस्तो परिपत्र गर्नुपरेको उनको भनाई छ ।

‘विभिन्न जिल्लाका जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूले पूर्व स्वीकृति(बिदा समेत) र जानकारी बिना जिल्ला तथा कार्यक्षेत्र छाडी सेवा प्रवाहमा असर परेको भनी गुनासो प्राप्त भएकोले अब उप्रान्त यस मन्त्रालयको पूर्व स्वीकृति बेगर जिल्ला÷कार्य क्षेत्र नछोड्न हुन आदेशानुशार अनुरोध छ’ देशभरका सबै जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय तहलाई गरिएको परिपत्रमा भनिएको छ ।

पालिका प्रेस
थप जानकारी