मकवानपुर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हामेनाथ काफ्ले वैदेशिक शैक्षिक विदामा बसेका छन् । उनलाई ४ पुसमा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी शुभकामनासहित विदाई गरिएको पालिकाले जनाएको छ ।

पर्यटन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा १६ साउनमा हाजिर भएका काफ्ले ५ महिनाकै अवधिमा विदाई भएका हुन् । सार्वजनिक सेवा प्रवाह र स्थानीय तहको संस्थागत सबलिकरणमा दख्खल राख्ने काफ्लेको विदाई भएसंगै को प्रमुख प्रशासकीय अधिकृत आउने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन ।

  आर्थिक वर्ष २०७९/०८० को योजना संचालन तथा कार्यान्वयनको मध्ये समयमा प्रमुख प्रशासकीय अधिकृत विदाइ भएपछि सक्दो चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भैरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले प्रतिक्रिया दिए । विदाइ भएका प्रमुख प्रशासकीय अधिकृत काफ्ले लोक सेवा आयोगले २०७९ असार ७ गते प्रकाशित गरेको उपसचिवको नतिजामा १ नम्बर योग्यता क्रम कायम भएका व्यक्ति हुन् ।

पालिका प्रेस
थप जानकारी