स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको वैदेशिक भ्रमणमा कडाइ गर्ने तयारी गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को संशोधनका लागि तयार भएको विधेयकको मस्यौदामा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले विदेश भ्रमणमा जानुअघि नेपाल सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

यी बाहेकका स्थानीय तहका अन्य पदाधिकारीको वैदेशिक भ्रमणका लागि संघीय मामिला मन्त्रालयले स्वीकृति दिने प्रस्ताव छ । कुनै स्थानीय तहले विदेशी संघ संस्था वा निकायबाट आर्थिक तथा भौतिक सहायता प्राप्त गर्दा नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्ने व्यवस्था पनि विधेयकको मस्यौदामा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी