स्थानीय तहले मौलिकतासहितको आफ्नो लोगो बनाउनुपर्ने व्यवस्था ऐनमा नै गर्न मस्यौदामा प्रस्ताव गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

ऐनमा जिल्ला सभालाई सम्बन्धित जिल्ला समन्वय समिति र तत्कालीन जिल्ला विकास समिति बेरुजु फस्र्योट गर्ने गराउने अधिकार दिन प्रस्ताव गरिएको छ । स्थानीय तहको सभाले गठन गर्ने लेखा समितिले बेरुजु फस्र्योट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकमा गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिहरुले कम्तीमा एक–एक वटा संघ÷महासंघ गठन गर्नसक्न व्यवस्था पनि प्रस्ताव गरिएको छ । अहिले पनि यस्ता एक–एक वटा संघहरु सक्रिय छन् ।

पालिका प्रेस
थप जानकारी