श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । १० भाद्रमा थाहा नगरपालिका, शिखरक्लब, बजार व्यवस्थापन समिति शिखरकोटलगायतका संस्थाहरुको आयोजनामा कार्यक्रम भएको हो ।

शिखरकोटमा भएको लिटिल राधाकृष्ण, लिटिल लाखे प्रदर्शनले मेला भर्न मन्दिर पुगेकाहरुको ध्यान तानेको थियो । प्रदर्शनीमा २५ राधा ३५ जना कृष्णको भेषमा सहभागी थिए । कार्यक्रम थाहा नगरपालिकाका नगर प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यसैगरी पालुङ शहरको पालुङ धिमे समूह र गोपाली गाउँको गोपाली धिमे समूहको बाजासहित लिटिल लाखे शिखरकोटमा प्रदर्शनी गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर ५ को तामाङ बोन्बो संरक्षण समूहको ढ्याङ्ग्रो झाँक्री नाच, कुन्छाल महिला बाँसुरी समूह, ओखरबजार धिमे समूह, ऋषेश्वर खैजडी महिला समूह र थाहा महिला तथा पुरुष खैजडी भजन समुहको प्रदर्शनी समेत रहेको थियो । भजन र बाजामा भक्तजनहरु छमछमी नाचेका थिए ।

पर्वको अवसरमा शिखरकोटमा थाहानगर क्षेत्रका फोटोहरु प्रदर्शनीमा राखिएका छन् भने नेवारी परिकारसहित खानाका स्टलहरु समेत राखिएका छन् । योमरीसहित अन्य नेवारी परिकार चाख्नेहरु पनि स्टलमा पुगेका थिए ।

हेर्नुहोस् फोटो फिचरः

 

 

 

 

गणेश विष्ट
थप जानकारी