मकवानपुरको बकैया गाउँपालिकामा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । बकैयाको वडा नम्बर १२ धोत्रेदामारमा पुल निर्माणको शिलान्यास गरिएको हो । पुल ईस्थर बेन्जामिन स्मृति संस्थासँगको सहकार्यमा निर्माण हुन लागेको पालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।
बकैया गाउँपालिकाका अध्यक्ष लामिछाने र ईस्थर बेन्जामिन स्मृति संस्थाका कार्यक्रम अधिकृत सानु कान्छा घलानको उपस्थितिमा ४ पुसमा शिलान्यास कार्य सम्पन्न गरिएको हो । बालबालिका तथा स्थानीयको आवतजावतलाई सहज बनाउने उद्देश्यले झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । बकैया गाउँपालिकाको प्राविधिक सहयोग तथा संस्थाको ४० लाख रुपैयाँ सहयोगमा पुल निर्माण कार्य सम्पन्न गरिने योजना छ ।
कार्यक्रममा बकैया गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नम्बर ११ का अध्यक्ष गोपाल न्यासुर, वडा नम्बर १२ का अध्यक्ष ज्ञानेन्द्र बजगाई, इन्जिनियर प्रमोद रिजाल, १२ नम्बर वडा का सचिब दीपक घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
ईस्थर बेन्जामिन स्मृति संस्थाको सहयोगमा वि.सं. २०७२ सालको भूकम्पले जीर्ण बनाएको बकैयाको कालाभैरव आधारभूत विद्यालय निर्माण गरिएको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्