बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार जारी गरेको सूचनाअनुसार रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा परेका हुन्।
सचिवालयले नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, इरिगेशन उपसमूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना र नेपाल इञ्जिनियरिङ सेवा, माइनिङ इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत एक जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।
यस्तै, नेपाल इञ्जिनियरिङ सेवा, माइनिङ इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणीमा कुनै पनि उम्मेदवार दरखास्त नपरेको प्रशासन मन्त्रालयले जनाएको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्